महेन्द्र आदर्श नमुना मावि वामीद्धारा विपन्न विद्यार्थीलाई निशुल्क पोशाक वितरण !

महेन्द्र आदर्श नमुना मावि वामीद्धारा विपन्न विद्यार्थीलाई निशुल्क पोशाक वितरण !

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीले विद्यालयमा अध्ययनरत अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निशुल्क विद्यालय पोशाक वितरण गरेको छ ।

विभिन्न दाताको सहयोगमा विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ४८ जना विद्यार्थीलाई निशुल्क रुपमा पोशाक वितरण गरिएको हो । आईतबार विद्यालयमा सम्पन्न एक कार्यक्रमकाबीच विद्यार्थी र अभिभावकहरुलाई पोशाक हस्तान्तरण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण पोशाक किन्न समेत कठिनाई हुने अवस्था रहेका विद्यार्थीहरुको छनौट गरि वितरण गरिएको विद्यालयले जनाएको छ । जसका लागि विद्यालयले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सघंका अध्यक्ष र कक्षा शिक्षकहरुलाई छनौटको जिम्मा दिएको थियो ।

All-focus

पोशाक वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविराम शर्माले सहयोगी प्रति आभार व्यक्त गर्नुभयो । विदेशमा रहेर पनि प्रदेशमा रहेका विद्यार्थीहरुको भविष्य सोँचेर सहयोग गरेको भन्दै उहाँले यस्तो सहयोग आगामी दिनमा पनि रहने अपेक्षा व्यक्त गर्नुभएको थियो । साथै उहाँले सहयोगीबाट सकंलित रकमबाट बाँकी रहेको रकमले विद्यालयमा कापी कलम वितरण गरिने पनि बताउनुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन शाक्यले नमुना विद्यालयलाई साँच्चिकै नमुना बनाउन शिक्षक, विद्यार्थी, अभिभावक र सहयोगीहरुको भूमिका महत्वपूणर् हुने उल्लेख गर्नुभयो । शाक्यले सहयोगीहरुप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो ।

All-focus

पोशाकका लािग विद्यालयले आर्थिक सहयोग सकंलन अभियान थालेको थियो । विद्यालयका शिक्षक कुलराज शर्माको पहलमा थालिएको अभियानमा मुसिकोट नगरपालिका ६ स्थायी घर भई हाल बेल्जियम निवासी घनश्याम शर्माबाट नगदल रु २० हजार, जापानमा कार्यरत शिक्षक कुल बहादुर केसीकी छोरी प्रतिमा रिजालबाट रु १७ हजार , त्यस्तै मुनपा ६ गुन्धारा घर भई हाल जापानमा कार्यरत टोप बहादुर रायमाझीले नगद रु १० हजार ४ सय ५० र माधव गौतमले नगद रु ११ हजार सहयोग गर्नुभएको थियो ।

पोशाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुदर्शन शाक्य, प्रधानाध्यापक देविराम शर्मा, पूर्व प्रधानाध्यापक बुद्धिमणी शर्मा, शिक्षक अभिभावक सघंका पदाधिकारी, शिक्षक विद्यार्थी अभिभावक लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनन्तलाल भण्डारीले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित