जन जागृती मावि व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार प्रेम सुनार !

जन जागृती मावि व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार प्रेम सुनार !

Badigad Online
2 Min Read

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ चौरमा रहेको जन जागृती माध्यामिक विद्यालयको भेला सम्पन्न भएको छ । अभिभाकहरुको भेलाले त्यस बिधालयको आर्थिक बर्ष २०७६/०७७ को सामाजिक लेखा परिक्षण अनुमोदन गरेको छ ।

अभिभावकहरु समक्ष प्रधानाध्यापक रामप्रसाद आचार्यले १ करोड ४ लाख ६० हजार ७३१ रकम बरारको आयब्यय पेश गरेका थिए ।मुसिकोट नगरपालिकाका जनप्रतिनिधि सुबेदार मेजर शंकर रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पृथ्वी मा बि मैदानका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष खुमबहादुर थापा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा सुर्यबंसी , पत्रकार महासङ्गका केन्द्रीय सदस्य प्रेम सुनार , बिद्यालय ब्यबस्थापन समिती सदस्य गोकणर् बहादुर सुर्यबंसी लगायतले मन्तब्य राखेका थिए ।

बिद्यालयका शिक्षक अभिभाक सङ्गका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षिका खिमा बुढाथोकी र बिद्यार्थी ममता बुढाथोकीको स्वागत मन्तब्य र सहायक प्रधानध्यापक सुशील पोखेरलको सन्चालन सम्पन्न भएको थियो ।

विव्यस अध्यक्षमा पत्रकार प्रेम सुनार

यसैबीच जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा वरिष्ठ पत्रकार प्रेम सुनार अध्यक्ष चयन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ चौरमा रहेको जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको एक कार्यक्रमका विच समिति गठन गरिएको हो ।

जसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रेम सुनारको अध्यक्षतामा ७ जना समिति गठन गरिएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिए । त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा गोकणर् सुर्यवंशी चयन भएका छन् । विद्यालयको सामाजिक वार्षिक लेखा परिक्षण समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य शंकर रायमाझीले पुर्व विद्यालय व्यवस्थापन समितिले गरेको कामको प्रशंसा गरेका थिए । साथै नवगठित विद्यालय व्यवस्थापन समितिलाई धन्यावद व्यक्त गदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रेम सुनारले विद्यालयको सेवाको लागि आफु सधै लागि पर्ने बताएका छन् । विगतका समयमा विद्यालय प्रति समय खर्चिने सम्पुणर्लाई धन्यवाद व्यक्त गदै उनले पूर्व पदाधिकारीहरुले गरेको काम प्रति धन्यवाद व्यक्त गरेका थिए । अब विद्यालयमा आफुले नमुना काम गरेर विद्यालयको शौक्षिक स्तरमा गुणस्तरिय शिक्षा प्रदान गर्न आफु लागि पर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा समाज सेवी विभिन्न राजनितिक दलका प्रतिनिधि तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित