गुल्मी : गुल्मीमा २०७२ सालमा गएको भूकम्पका कारण क्षती भएका दूई हजार ७८५ जनाले निजी आवास निर्माण कार्य सम्पन्न गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय तम्घास गुल्मीका प्रमुख सुर्यनारायण झाका अनुसार हालसम्म गुल्मीमा २ हजार ७८५ जनाले निजी आवास निर्माण तर्फको अन्तिम किस्ता लिएका छन् ।
गुल्मीमा कूल ४ हजार ४३६ लाभग्राही मध्ये ४ हजार २०३ लाभग्राहीहरुले सम्झौता गरेका छन् । सम्झौता गरेका लाभग्राहीहरुले पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो किस्ता लिनेको संख्या भने तीन हजार ३७८ रहेको कार्यालयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिइन् ।
प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण नभएकाले पनि तेस्रो किस्ता लिनेको संख्यामा कमी भएको कार्यालयका फिल्ड इन्जिनियर बिष्णु पाण्डेले जानकारी दिए । कतिपयले प्राबिधिकको सल्लाहा नगरि घरहरु निर्माण गर्नु पनि प्रमुख समस्याको रुपमा रहेको उनको दाबी छ ।
यस्तै प्राबिधिकहरु गाउँमा जानु पुर्व गुल्मीमा ४५९ जनाले मापदण्ड अनुसारका घर नबनाएका र उनाीहरुले दोस्रो किस्ता बापतको रकम लिइसकेका छन् । पुनःनिर्माण प्राधिकरण केन्द्रिय कार्यालयले अर्को निणर्य नगरेसम्म उनीहरुलाई तेस्रो किस्ता वापतको रकम दिन नसकिने कार्यालयले जनाएको छ ।
गुल्मी जिल्लामा पहिले कुल लाभग्राही चार हजार १४४ जना रहेका थिए भने पछि गुनासो सम्बोधनबाट २९२ जना थप भएको कार्यालयले जनाएको छ ।
पत्रकार तिलाचन पाण्डेले यो समाचार लेख्नुभएको छ ।