बडिगाड अनलाइन । गुल्मीका सचिन परियारको टिकटकमा एउटा भिडियो यतिबेला भाईरल बनेको छ । एक पत्रकारले लिएको अन्तरवार्तालाई काटेर बनाईएको उक्त भिडियोमा सचिनलाई तिमी स्कुल जाँदैनौँ भनेर सोधिएको छ ।
जवाफमा उनले पैसा छैन हजुर, पैसा दिनुपर्यो भर्ना गरिदिनुपर्यो भनेर भनेका छन् । झट्ट सुन्दा ठट्टा गरेजस्तो सुनिने उक्त भिडियोले गम्भीर भएर सोँच्दा साँच्चिकै भावुक बनाउँछ । आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढाईलाई बिचमै विश्राम गरेका उनको पढ्ने सपना अब भने पुरा हुने भएको छ ।
गुल्मीका पत्रकारहरुको सक्रियतामा काठमाण्डौसम्म पुगेका उनको शनिवार मात्रै गीत पनि सार्वजनिक भएको छ । उक्त गीतलाई दर्शक श्रोताले निकै रुचाएका छन् । पत्रकार मोहन बस्नेत, जीवन पाण्डेय, दिपक नेपाली लगायतले उनलाई काठमाण्डौ पुर्याएका थिए । उनले ईन्द्रेणीमा पनि आफ्नो कला देखाईसकेका छन् ।
कलाले बालक उमेरै परिपक्व उनको आर्थिक अवस्था देखेर अब ईन्द्रेणी समुहले उनलाई पढाउने भएको छ । सचिनको बारेमा हामीले ईन्द्रेणीका सञ्चालक कृष्ण कडेंल दाईसगं कुराकानी गर्यौँ उहाँले १२ कक्षासम्म निशुल्क पढाउने प्रतिबद्धता जनाउनुभएको छ, पत्रकार मोहन बस्नेतले भने । साथै उनले आफुहरुकै सक्रियतामा सचिनको गीत रेकर्ड गर्ने धोको समेत पुरा भएको भन्दै खुसी व्यक्त गरे ।
मोहन बस्नेतले फेसबुकमा लेखेका छन्