छविलाल पाण्डे,बुर्तिबाङ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको भेला तथा प्रशिक्षण मुलक कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई ध्रुबमा विभाजित भएर आ-आफ्नै तवरले संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम अगाडी बढाइरहेको अवस्थामा नेकपाका जिल्ला तहका नेताहरुको उपस्थितीमा ढोरपाटन नगर कमिटीको बैठकसंगै प्रशिक्षण सम्पन्न भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते असंवैधानिक र गैर कानुनी संसद विघटन गरेको विरोध वैठकले गरेको छ । लोकतन्त्र, संविधान र परिवर्तन माथिका प्रहारका विरुद्ध एक ढिक्का भई खराब प्रवृत्तीको विरोध गर्दै अगाडी बढ्ने निर्णय भएको नेकपा जिल्ला सदस्य चन्द्रलाल अर्यालले बताए ।
पार्टीमा अहिले भइरहेको कठिन परिस्थतीमा बिचलीत नभई पार्टी एकतालाई जोगाउन धैर्यता र संयमताका साथ अगाडी बढ्ने निर्णय गरिएको बताइएको छ । नेकपा ढोरपाटन नगर कमिटी संयोजक भिम गौतमको अध्यक्षतामा आयोजित कार्यक्रम नेकपा केन्द्रिय सदस्य बलावती शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
आयोजित कार्यक्रममा नेकपा प्रदेश सदस्य फमलाल निउरे, जिल्ला सचिव ज्ञामनाथ गैरे, जिल्ला सदस्य चन्द्रललाल अर्याल, कार्यालय सदस्य विष्णु भुषाल, लालबहादुर थापा, प्रदेश सदस्य प्रेम घर्तिमगर, जिल्ला सदस्य शेरमान घर्ति, हरिबहादुर घर्ति, जिल्ला सल्लाहकार दलबहादुर घर्तिमगर, लगायतको प्रशिक्षण मुलक मन्तव्य रहेको थियो ।
कार्यक्रम नेकपा ढोरपाटन नगरकमिटी ८ का अध्यक्ष चुना घर्तिको स्वागत, जिल्ला कमिटी सदस्य केशर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।