अनिष पाठक : बाग्लुङ । होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दा व्यवसायीले सरसफाई, स्थानिय उत्पादन तथा मदिरा नियन्त्रणलाई विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
आईतबार जिल्लाको बडिगाड गाँउपालिकामा बडिगाड होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको औपचारिक उद्घाटन तथा घोषण कार्यक्रममा बोल्ने बक्ताले सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले कोरोनाका कारण अस्तव्यस्त बनेको व्यवसाय उठाउन यस संगठनले भुमिका खेल्नेमा आफु आशावादी रहेको बताउदै पालिका भित्रने पर्यटकलाई समय अनुसारको परिकार उपलब्ध गराउन आग्रह गरे ।
साथै पाईजाले व्यवसाय सफल बनाउन अन्यत्रका व्यवसायीले गरेका राम्रा कामको सिको गर्न सकेमात्र पनि सफल बन्न सकिने बताए । सोहि अबसरमा पाईजाले मदिरा नियन्त्रणमा होटल व्यवसायीको ठुलो हात हुनेहुदाँ त्यसमा सहयोग गरिदिन समेत सबैमा आग्रह गरे ।
संघका सल्लाहाकार संयोजक समेत रहेका होटल संचालक सुनिल शेरचनले संघ स्थापनाको बारेमा जानकारी गराउदै अबको व्यवसाय परम्परागत रुपमा गरेर नहुने बताए । अर्गानिक र स्थानीय उत्पादनका परिकार पछिलो समय ग्राहकले बढि रुचाउने गरेकोले त्यस्ता उत्पादनमा पनि ध्यान दिन शेरचनले आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताले मदिरा प्रयोगको लागि समय तोक्न, पालिका आउने प्रर्यटकलाई रोक्न सुविधा सम्पन्न र प्रयाप्त व्यवसाय संचालन गर्न साथै कम मुल्यमा ताजा, शुद्ध र सफा परिकार ग्राहकलाई पस्कन आग्रह गरेका थिए ।
संघका अध्यक्ष तिल बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रम सदस्य सुमित्रा घिमिरे क्षेत्रीको स्वागत तथा सचिव दिपेन्द्र प्रताप केसीको संचालनमा सपन्न भएको थियो । साथै सोहि कार्यक्रमको अबसरमा संघको कार्यालय बडिगाड ५ एक्ले खेतमा रहने बताईएको थियो ।