भुवन भुसाल,गुल्मी । तपाईले देख्ने भविष्यको सपना आँखै अगाडी विफल बन्न पनि सक्छ । सपना सफल बनाउन मेहनत, परिश्रम र लगावको जति जरुरत हुन्छ तपाईको लगनशीलताले पनि उत्तिकै महत्व राख्दछ ।
कहिलेकाहीँ हामीले सोँचेको सपना भन्दा अझै राम्रो बाटो पनि हामी हिँड्न सक्छौँ । त्यो तपाईको मेहनतले नै भएको हो । गुल्मीका मोहन बस्नेतको जीन्दगी पनि यस्तै छ । सानैबाट फरक लक्ष्य लिएर हिँडेका उनी तर त्यो लक्ष्य भन्दा अझै राम्रो सफलता हात पार्न सफल भए ।
सानै देखि बन्दुक र गोलीसगैं लाहुरे बन्ने सपना बुनेका उनी आजभोलि भने अरुका पुरा हुन नसकेका सपना पुरा गर्दै हिँड्छन् । दिन दुःखी र असहायहरुको पीडामा सहयोग गर्न पाउँदा उनलाई निकै आनन्द मिलेको छ अचेल ।
अँध्यारो परिधिबाट गरिबले देखेको उज्यालो सपनाको सन्सार, असहायले देखेको सहाराको सन्सार,अनि सफलताले खोजेको अर्को सफलताको सपना खोज्दा खोज्दै उनी धेरैका भगवान बनेका छन् । यसमा उनलाई आत्मसन्तुष्टी मिलेको छ ।
भनिन्छ एउटा ढोका बन्द हुदा अरु हजारौं ढोका खोलिन्छन , आज म त्यस्तै एउटा असफलताले दिएको सफलताको कथा प्रस्तुत गर्दै छु ।
मैले यहाँ प्रस्तुत गर्न खोजेको ब्यक्ती हुन नेपालकै चर्चित युट्युबर मोहन बस्नेत , गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न ३ भाडगाउमा बुवा मीन बहादुर बस्नेत र आमा पबित्रा बस्नेतको कोखबाट जन्मिएका मोहन बस्नेतलाइ नचिन्ने सायदै कोहि होला ।
उनको जन्म २०५२ साल बैशाख २६ गते एउटा मध्यम बर्गिय परिवारमा भएको हो । मोहनको परिवार आज पनि गाउँमै खेती किसानीमा ब्यस्त छ । आज म मोहनको घर आएको छु , मैले मोहन सङ्गै सहयात्रा गर्न लागेको करिब ५ बर्ष भयो लगभग उस्का सबैजसो आनिबानी थाहा छ मलाइ , तर मलाइ आज सम्म थाहा नभएको एउटा गज्जबको कथा थाहा भयो उस्को घर पुग्दा ।
मोहन करिब १८ बर्ष पुग्नै लाग्दा आफ्नो दाइ कमल बस्नेत र अरु ४ जना सङ्गै नेपाली भर्ती हुन बर्दघाट सम्म पुगेछन , सङ्गै गएका अरु नेपाली सेनामा भर्ती भए तर असफल भए मोहन बस्नेत । त्यहीँ बाट खुल्यो मोहन बस्नेतको सफलताको ढोका । त्यही बेला नेपाली सेनामा भर्ती भएको भए मोहनको भरपर्दो जागिर त हुन्थ्यो तर आज एउटा युवा समाजसेबीको लिस्टमा हुदैन थियो मोहनको नाम ।
आज म मोहनको बुवा आमा र मोहन सङ्ग केही अन्तरङ्ग कुराकानी गरेर यो भिडियोमा प्रस्तुत गरेको छु बाकी भिडियोमा