बागलुङ : तासखेलि रहेको अवस्थामा निसीखोला गाउँपालिकाका लेखापालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरुलाई शुक्रबार राति १२ बजे तास खेलि रहेको अवस्थामा प्रकाउ गरेको प्रहरीले बताएको छ ।
शुक्रबार राति वडा नम्बर २ जुग्गाखोलाका तास खेलिरहेको सूचनाको पाएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर पक्राउ गरेको हो । उनीबाट प्रहरीले २३ हजार रुपैयाँ बरामद समेत गरेको छ । पक्राउ पर्नेमा गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगर रहेका छन् ।
उनीसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादु केसी, मोहन बस्नेत, खगेन्द्र कुँवर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको प्रहरी निरीक्षक देवकोटाको भनाई छ ।
Badigad Online