नेपाली काँग्रेस बडिगाडको कार्यालय भवन बन्ने !

नेपाली काँग्रेस बडिगाडको कार्यालय भवन बन्ने !

Badigad Online
1 Min Read

सागर भण्डारी,बाग्लुङ । नेपाली काँग्रेस बडिगाड गाउँपालिले आफ्नो कार्यालय भवन निर्माण गर्ने भएको छ । शनिवार बसेको काँग्रेसको बैठकले विभिन्न निणर्यहरु गर्दै पार्टीको आफ्नै कार्यालय भवन निर्माण गर्ने निणर्य पनि गरेको छ ।

जसका लागि शनिवार नै १० लाख बराबरको बोल रकम सकंलन भएको बताईएको छ । थप रकम सकंलनका लागि नेपाली काँग्रेस क्षेत्र ं २ का क्षेत्रीय प्रतिनिधि विष्णु प्रसाद आचार्यको सयोंजकत्वमा ९ सदस्यीय आर्थिक सकंंलन समिति समेत गठन गरेको छ ।

त्यस्तै कोँग्रेस नेता चिन्तामणी खरेलको सयोंजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । बडिगाड गाउँपालिका वडा नं ५ खौलारमा पार्टी सभापति अर्जुन खरेलको सक्रियतामा जग्गा खरिद गरिसकिएको र उक्त जग्गामा भवन निर्माण गरिने बताईएको छ ।

त्यस्तै बैठकले क्रियाशिल सदस्यता पार्टीको विधि र विधान अनुसार वितरण गर्ने निणर्य गरेको छ । पार्टी सभापति अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको बैठकको सञ्चालन क्षेत्रीय सदस्य विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित