७ फाल्गुन /काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदी बन्दीको कैद सजाय माफी दिनु भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।
यस्तै आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ ।सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन ऐन०, २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।
यसैगरी अन्य १५ जनाको समेत विभन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।बडो अच्चम लाग्छ, ताजुब पनि लाग्छ, राजनीतिक दलको आन्दोलन आम सभामा हामी नेपाली हाम फालेर जान्छौ तर नागरिक आन्दोलनका कार्यक्रम सभामा भने पाइला मोडिएर हिड्छौ ।राजनीतिक दलको आमसभामा राजनीतिकको र पनि नबुझेका टिढ लाग्दो अनुहार बनाउदै जनताको सहभागी थिए । तर नागरिक आन्दोलनमा वुद्धिजीवि, सचेत, पढेलेखेका जाने बुझेका वर्गहरुको सहभागीता थियो ।
imagekhabar