महेन्द्र घिमिरे
गुल्मी: सत्य, निष्ठा र नैतिकता विषक प्रशिक्षण कार्यक्रम मुसिकोट नगरपालिका गुल्मीमा सम्पन्न भएको छ। मुसिकोट नगरपालिकाको आयोजनामा गरिएको प्रशिक्षण कार्यक्रम वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसको सभाहलमा आज सम्पन्न गरिएको हो।
प्रशिक्षण कार्यक्रमले कर्मचारीहरुका लागि कार्यालय व्यवस्थापन, सेवा प्रदान, सेवाग्राही सँगको व्यवहार र समयपालन लगायतका बिषयमा मह्त्वपुर्ण भुमिका निर्बाह गर्ने वताइएको छ । मुसिकोट नगरपालिका कार्यपालिकाको कार्यालयका कर्मचारी र मुसिकोट नगरपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुखहरुको उक्त प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो । मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तथा मुख्य प्रशिक्षक खिमानन्द भुसालले सत्य निस्ठा भनेको के हो? सत्यनिस्ठा कसरी आर्जन गर्ने? यसका गुणहरु के के हुन ? जस्ता विषयको बारेमा कर्मचारी हरूलाइ प्रशिक्षित गर्नुभएको थियो।
यस्ता प्रकारका तालिमले कर्मचारीहरुमा कर्तव्यनिष्ठ तरिकाले कार्यसम्पादन गर्न र सेवाग्राहीलाइ छिटो छरितो तरिकाले सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्ने प्रशिक्षण कार्यक्रमका सहभागी तथा मुसिकोट नगरपालिका प्रशासन शाखाका प्रमुख प्रकाश घिमिरेले सेरोफेरो नेपाल सँगको कुराकानीका क्रममा बताउनु भयो। लामो समयदेखि विभिन्न मन्त्रालय हुँदै विभिन्न स्थानीय तहमा कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएका भुसाल मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा साढे तीन महिना अघि मुसिकोट आउनुभएको हो । उहाँ यस नगरपालिकामा वडा कार्यलय ,स्वास्थ्य चौकी, मुसिकोट नगरपालिकाका गौरवका आयोजनाहरु र केही विद्यालयहरुको समेत निरीक्षण तथा अनुगमन सम्पन्न गरिसक्नुभएको छ।
मुसिकोट नगरपालिकाको आठौ नगरसभा आफ्नै नगरपालिकाले निर्माण गरेको आँपचौर स्थित प्राबिधिक शिक्षालयको सभाहलमा संघिय सम्सदको झल्को दिने गरि गर्नमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका भुसालको कार्यशैलीले उहाँले कर्मचारी, जनप्रतिनिधी तथा सेवाग्राहीहरूमा समेत छोटो समयमा नै सकारात्मक प्रभाव पार्न सफल हुनु भएको छ ।