मकै ब्लक क्षेत्र आँपचौरका कृषकलाई मेसिनरी औजार

मकै ब्लक क्षेत्र आँपचौरका कृषकलाई मेसिनरी औजार

Badigad Online
1 Min Read

महेन्द्र घिमिरे

गुल्मी: मकै ब्लक क्षेत्र आँपचौरका कृषकहरुलाई मेसिनरी औजार वितरण गरिएको छ।

 

कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक सहयोग र मकै ब्लक समन्वय समितिको साझेदारीमा संचालित मकै ब्लक कार्यक्रमको प्रथम सार्वजनिक सुनुवाइको अवसर पारेर मेसिनरी औजार बितरण गरिएको हो।

 

मुसिकोट नगरपालिकाको वडा नं ४ र ५ मा ३ सय ६१ लाभान्वित हुने गरि २ सय ९९ रोपनीमा ६ वटा समूह मार्फत मकै ब्लक कार्यक्रम संचालित रहेको छ । कार्यक्रममा ३ वटा हाते ट्रयाक्टर, ६ वटा मकै छोड्याउने मेसिन र १६ वटा लिटर स्प्रे लगायतका अन्य सामाग्री वितरण गरिएको थियो ।

 

उक्त अवसरमा खाद्यान्न अन्तर्गत प्रमुख वालीको रुपमा रहेको मकैमा मुसिकोट नगरपालिकालाई आत्मनिर्भर बनाउँदै ब्लकबाट मकै जोनको रुपमा स्तर उन्नतिका लागि नगरपालिकाको सहयोग र साथ रहने नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।

 

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कोमल साही,मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा,वडा नं. ४ का वडाध्यक्ष ओम बहादुर केसी,५ का वडा अध्यक्ष भागीरथ खरेल,वडा सदस्य कृषि प्राबिधिक लगायतको उपस्थिति रहेको थियो।

 

रुद्रराज खरेलको अध्यक्षता र पारेस्वर खरेलको स्वागत तथा कृष्ण रानाको सचांलनमा कार्यक्रम सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित