मुसिकोटका मृगाैला पिडित युवाको उपचारका लागि वामी सेवा समिति जापानद्वारा सहयोगको अपिल

मुसिकोटका मृगाैला पिडित युवाको उपचारका लागि वामी सेवा समिति जापानद्वारा सहयोगको अपिल

Badigad Online
2 Min Read

गुल्मी: मुसिकोट नगरपालिका, वडा नम्बर ७, वामीटक्सारका एक युवा जापानमा मृगौलाको समस्याबाट पिडित हुनुभएको छ।

वामिटक्सार स्थायी घर भइ हाल जापानमा वैदेशिक रोजगारीको क्रममा रहनुभएका चन्द्र बहादुर श्रीषका दुवै मृगाैला फेल भएपछी उहालाई समस्या भएको हो ३७ वर्षका चन्द्र बहादुर श्रीषलाइ लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो समस्याले सताएपछी वामी विश्व सम्पर्क मंचले सहयोगको लागि अपिल समेत गरेको छ।

नेपालको काठमाडौंमा ब्लयु क्रस हस्पिटलमा समेत लामो समयसम्म उपचार गराइरहेका उहाको खर्च बढी लाग्ने देखिएपछी जापान नै गएर उपचार गराइरहेको बताइएको छ।

अन्तत मृगौला प्रत्यारोपण गर्नुसिवाय अर्को विकल्प नभएका श्रीषले वामी सेवा समिति जापानका अध्यक्ष समेत रहेका कृष्णप्रसाद सापकोटासंग भेटघाट गरि सहयोगको लागि अनुरोध समेत गरेकोले मानवीय समवेदनालाई ख्याल गरि सहयोगको लागि समितिले जापानमा रहेका विभिन्न महानुभावहरु, संघसंस्थाहरु, शुभचिन्तकहरु तथा सम्पूर्ण मित्रजनहरु लगायत कोमल हृदय भएका व्याक्तिसामु सहयोगको लागि आग्रह सहितको निर्णय समेत गरेको छ।

वामी सेवा समिति जापानका अध्यक्ष कृष्ण प्रसाद सापकोटा र सचिव महेन्द्र सापकोटाद्वारा सहयोगको लागि अनुरोध गरिएको पत्रमा श्रीष अहिले जापानको टोकियोमा बस्दै आउनुभएको छ  भने जापानमै रहेको मोचिहोसी हिराचुका क्लिनकमा नियमित रुपमा डायलोसिस गराउदै आउनुभएको जानकारि गराइएको छ।

श्रीषले अहिलेसम्म उपचारमा निकै खर्च भैसकेको बताएका छन् भने घरको आर्थिक अवस्था पनि कमजोर रहेको बताइएको छ।

यदि कसैको सहयोग प्राप्त नभएमा उहाँ आफैले उपचार गर्न नसक्ने अवस्था रहेकोले उहाँको उपचारको लागी सहयोग गरी दिनु वामी सेवा समिति जापानले अनुरोध गरेको छ।

निजले काठमाण्डाैमा रही उपचार गराउँदाका वखत  मुसिकोट नगरपालिकाले समेत एक लाख सम्मको निशुल्क उपचारका लागी सिफारिस गरेको थियो।

 

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित