– विष्णु प्रसाद आचार्य र भुवन काफ्ले
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी हुन्द्रुङ्गकोटमा नेकपा परित्याग गरि शनिबार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।
लामो समयसम्म नेकपालाइ समर्थन गरेका हुद्रुङ्गकोटका स्थानीयहरुले कम्युनिस्टहरु स्वार्थसिद्धिमा लाग्ने र सोझा जनताहरुको दुखलाई बेवास्ता गर्ने गरेकोले सुख दुखको साथी काङ्ग्रेस नै भएको ठहर गर्दै काङ्ग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन।
केही दिन अगाडि वामिकै पुरानागाउमा १५ घरपरिवार काङ्ग्रेसमा प्रवेश गरेका थिए भने हुद्रुङ्गकोटमा शनिबार १० घर परिवार काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस, गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटाले नबखबरलाइ जानकारी दिनुभयो।
शनिनार आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि नेकपामा हैरानी खेपेका स्थानियहरुलाइ काङ्ग्रेसमा स्वागत गरेको काङ्ग्रेसले जनाएको छ।
उक्त कार्यक्रममा टोप बहादुर सुनार, रविन्द्र नेपाली, गोपाल नेपाली, अमर नेपाली, गिता नेपाली,र सेते नेपाली लगायतको परिवार काङ्ग्रेसमा प्रवेश गरेका मुसिकोटका छाया सरकार प्रमुख झविलाल भण्डारीले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटाले मुसिकोट नगरपालिकामा मात्र नभएर नेकपा सङ्ग देशभरिका नागरिकहरु हैरान भएको र देशवासिले भित्री आत्मा देखि नै काङ्ग्रेस चाहेको दाबी गर्नुभएको थियो।
नवप्रवेशिहरुलाइ स्वागत गर्दै उहाले काङ्ग्रेसले झुट कुरा गर्न नजानेको र जे हुन्छ त्यो भन्छ, जे गर्छ त्यो भन्छ नचाहिने गलत आश्वासन बाड्ने प्रवृत्ति काङ्ग्रेसमा नरहेको उदघोष गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस मुसिकोटका छाया सरकार प्रमुख झबिलाल भण्डारि,नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य कृष्णहरि सापकोटा लगायतले बोल्ने क्रममा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो।
अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटा,पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझी, गजाधर सापकोटा,रण बहादुर रायमाझी,होम बहादुर छन्तेल,रामु सुनार लगायतको उपस्थिति रहेको थियो।
टोल समितिका सभापति ढाल बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन भिमसेन केसिले गर्नुभएको थियो।