सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः दल ब. थापा चयन

सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः दल ब. थापा चयन

Badigad Online
2 Min Read

बाग्लुङ: सातसय बगाले थापा समाज, गलकोट नगरपालिका-७, मल्म, बागलुङको १८ औं साधारण सभा तथा ५ औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले पुनः दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सह-सचिवमा शेर बहादुर थापा, कोषाध्यक्षमा अम्मर बहादुर थापा र सह- कोषाध्यक्षमा बाबुराम थापा रहेका छन।

सदस्यहरुमा खिम बहादुर थापा, डिल बहादुर थापा, बेलुकाजी थापा, मीन बहादुर थापा, थुमा थापा र टिका कुमारी थापा रहेका छन।अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, चन्द्र बहादुर थापा, भोज कुमारी थापा र भीम बहादुर थापा चयन गरेको छ।

त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा थम्मन थापा सन्देश, दल थापा र हुम बहादुर थापा रहेका छन। सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ५ सदस्यीय टीका बहादुर थापा, गंगा बहादुर थापा, ज्ञान बहादुर थापा र लोक बहादुर थापा चयन गरिएको बताइएको छ। यता लेखा समिति संयोजकमा केहरसिंह थापा र सदस्य झम बहादुर थापा रहेका छन। समाजले विभिन्न उपसमिति समेत गठन गरेको छ जस अन्तर्गत भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति रहेको छ।

समाजका संरक्षक तथा गलकोट नगरपालिका, वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस, बागलुङका प्राध्यापक डा. दिन बहादुर थापा र क्याम्पसका लेखापाल तथा

बुद्धिजीवी हुम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए। वार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गरेका थिए भने विभिन्न विधामा सम्मान समेत गरिएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित