गुल्मीसहित ६ जिल्लामा आगलागी, लाखौँको क्षती

गुल्मीसहित ६ जिल्लामा आगलागी, लाखौँको क्षती

Badigad Online
1 Min Read

गुल्मी: रेसुङ्गा नगरपालिका-५, पन्थीटोल बस्ने खिमलाल खनालको घरमा कोही नभएको अवस्थामा आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जली नष्ट भएको छ। क्षतिको विवरण आउन बाँकी रहेको छ।

पर्सा, बहुदरमाई नगरपालिका-२ पिपरा बस्ने चोकट साद तुरहाको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

ताप्लेजुङ, मेरिङ्देन गाउँपालिका-२ लाक्चुङ बस्ने लाक्पा छेम्बी शेर्पाको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

खोटाङ, केपिलासगढी गाउँपालिका-४ गैरीगाउँ बस्ने गणेश बहादुर राईको घरमा आइतबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्याङजा, वालिङ नगरपालिका-१२ लामपाटे बस्ने ६८ वर्षीया अमृता गोतामेको घरमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। क्षतिको विवरण आउन बाँकी रहेको छ।

उदयपुर, रौतामाई गाउँपालिका-४ पोखरी आहालेडाँडा बस्ने कमल राईको घरमा आइतबार बिहान आगलागी हुँदा २ वटा घर र १ गोठ पूर्णरूपमा जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित