काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार हुनुभएको छ।
राजीनामा दिने र नयाँ सरकार गठन प्रक्रियामा सहज बनाउने गरी ओलीले छलफल शुरु गरेको बालुवाटार स्रोतले बताएको छ।
बुधबार बालुवाटारमा बसेको ओली पक्षीय स्थायी समिति बैठकपछि बोल्दै प्रवक्ता प्रदीप ज्ञावलीले प्रधानमन्त्रीको राजीनामा सम्बन्धमा छलफल भइरहेको बताउनुभयो।
यसअघि मिडियासंग बोल्दै नेता ज्ञावलीले संसद् पुर्नस्थापना भएको खण्डमा प्रधानमन्त्री मात्र नभएर आफूहरु पनि नैतिक संकटमा पर्नेभएकोले राजीनामा दिने बताउनुभएको थियो।
बुधबार पनि पत्रकारसंगको कुराकानीको क्रममा सोही विषयमा छलफल भइरहेको बताउनुभएको हो।
सरकारको संसद् विघटनको निर्णयलाई सर्वाेच्चले बदर गरिदिएपछि प्रधानमन्त्रीलाई नैतिक रुपमा राजीनामा दिन दबाब परेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेता बामदेव गौतमले लगायत शीर्ष नेताहरुले पनि प्रधानमन्त्रीले तत्काल राजीनामा दिन माग गर्नुभएको छ।
बुधबार विजयीसभामा बोल्दै नेकपा नेत्री पम्फा भुसालले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकालिने चेतावनी नै दिइसक्नुभएको छ।
प्रधानमन्त्रीले राजीनामा दिन ढिला गरेको खण्डमा मन्त्रिपरिषदमा रहेका केही मन्त्रीहरुले भने चाँडै नै राजीनामा दिने तयारी गरेको बताए।
ज्योतिन्यूजसँग एक मन्त्रीले भने- ‘सर्वाेच्चको फैसलालाई हामीले सम्मान गर्छाैँ, प्रधानमन्त्रीले पनि राजीनामा दिनुहुन्छ, यदि उहाँले ढिला गर्नुभयो भनेपनि हामीहरु भने चाँडैनै राजीनामा दिन्छौँ।’