अज्ञात रोगले गाल्यो: उपचार गर्ने पैसा छैन, बडिगाडका परियार ३ महिनादेखि बिस्तारामा

अज्ञात रोगले गाल्यो: उपचार गर्ने पैसा छैन, बडिगाडका परियार ३ महिनादेखि बिस्तारामा

Badigad Online
2 Min Read

जीवन पाण्डे, बडिगाड अनलाइन

बाग्लुङ: अज्ञात रोगले गाल्दै जान थालेपछि ३ महिना देखि विस्तारामै थलिनु परेको छ। बाग्लुङको बडिगाड गाउँपालिका, वडा नं. ६, घ्वाङका यम बहादुर परियार अज्ञात रोगले थलिएको लामो समय भयो।

शरिरमा अनौठो किसिमको रोग देखा परेको छ । सुरुमा घाउकोमा एउटा सामान्य घाउ देखिएको र पछि त्यो शरिर भरी फैलिँदै गएको परिवारले जनाएको छ । अहिले उनको शरिरको अगंमा घाउ नभएको ठाउँ छैन।

खानपिन गर्न र दिशा पिसाब गर्न समेत समस्या हुने गरेको उनकी श्रीमतीले बताईन् । सुरुमा टाउकोमा एउटा सानो घाउ देखा पर्यो हामीले त सामान्य होला भन्ने ठान्यौँ,पछि बढ्दै गएर शरिर भरी भयो । अहिले त उठबस गर्न पनि गाह्रो हुने स्थिति छ, उनले भनिन् ।

शरिरमा रोग त छनै यम कुमारको परिवारलाई त्यो भन्दा ठुलो पिडा त उनको उपचार गराउन नसकेकोमा छ । सुरुमा उनीहरुले उपचारका लागि बुटबल लगेका थिए । आर्थिक अवस्था कमजोर भएपछि लामो समय बुटबल मै राखेर उपचार गर्न उनीहरुको सामथ्र्यले भ्याएन । २/४ दिन बुटबल अस्पतालमा राखेर त्यसपछि उपचार खर्च जुटाउन नसक्ने भएपछि उनीहरुले घरमै फर्काएर ल्याएका छन् । अहिले यम कुमार ३ महिना देखि विस्तारमै थलिएका छन्।

परियारले दैनिक ज्यालामजदुरी गरेर परिवारको जिविका चलाउँदै आएका थिए । अहिले उनी विरामी भएर विस्तारामै थलिएपछि  परिवारलाई गुजारा जलाउन समेत मुस्किल परेको छ । परिवारमा त्यही टाठो बाठो थियो, कमाएर ल्याएर परिवार पालेको थियो, अहिले त परिवारमा कमाउने मान्छे पनि कोही छैन् साह्रै पीडादायी अवस्थामा छन् स्थानीय थम्मन बहादुर माथेमाले भन्नुभयो।

उपचार गरे त डाक्टरले सन्चो हुन्छ भनेका छन्, दैनिक मजदुरी गरेर जिविको चलाउने हामीलाई बिहान बेलुकी त के खाने भन्ने पिरलो छ कसरी बुढाको उपचार गर्ने श्रीमतीले रुँदै दुखेसो सुनाईन् ।

कसैले सहयोग गरिदिए आफ्नो अभिभावक बचाउन सकिने परिवारलाई विश्वास छ । छिमेकी थम्मन बहादुर माथेमाले कसैले दया भाव देखाएर सहयोग गरे यो परिवारको उद्धार हुने बताए । पारिवारिक स्थिति निम्न बर्ग रहेकोले गर्दा आर्थिक अभावका कारण हस्पिटलमा राखि लगातार उपचार गर्न नसक्ने अवस्था सृजना भएकाले उनको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोगका निम्ती प्राथना गर्दै सम्पुणर् सहयोगी माहानुभावहरुलाई उद्धार गर्न समेत उहाँले आग्रह गर्नुभएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित