महेन्द्र कौशल
गुल्मी: गुल्मी जिल्ला मुसिकोट नगरपालिका इन्द्रेगौडाको विद्यालयमा शान्ति नेपाली समाज बेलायतबाट लिएको सहयोगबाट बनेको चार कोठे भवन बिहिबार १२ गते उद्घाटन सम्पन्न भएको छ।
मुसिकोट न. ५ इन्द्रेगौडा नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा भएको भवन उद्घाटन कार्यक्रममा मुसिकोट नगरप्रमुख सोमनाथ सापकोट, वडा न. ५ का अध्यक्ष भागिरत खरेल, भु.पु. शान्ति नेपाली समाज बेलायतको कार्यसमिती उपाध्यक्ष सीता खराल, भवन अनुगमनमा खटिनु भएका त्रिभुवन मा बि बाग्लुङ खर्बाङ्गका शिक्षक प्रेम प्र. खरेल, र शान्ति नेपाली समाज बेलायतका साधारण सदस्य ध्रुव खरेल,मेघनाथ गैरे, शिव खरेलको सम-उपस्थित रहेको थियो।
मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा शान्ति नेपाली समाज बेलायतको सहयोगमा बनेको चार कोठे भवन उद्घाटन गर्न पाउँदा सहयोगी सँस्थालाई स-धन्यवाद दिदै विद्यालयको केही सो देखिने र पठनपाठन सहजीकरण हुने भयो भन्दै गौरव प्रमुख अतिथी नगर प्रमुख सोमनाथ सापकोटाले ब्यक्त गर्नुभएको थियो।
भवन निर्माण कार्यको लागत रु. २२,००,६५५ \- अक्षरुपि बाईस लाख छ सय पचपन्न रुपैँया शान्ति नेपाली समाज बेलायत सहयोगबाट बनेको नेपाल राष्ट्रिय मा. बी को चारकोठे भवन अन्त्य सुन्दर देखियो र खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको आशा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तारानाथ भन्डारीले ब्यक्त गर्नुभएको थियो।
भवन निर्माण कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गर्दै विद्यार्थी खेल्ने क्रममा विभिन्न जोखिम हुन नदिनको लागि विद्यालय अगाडि बाउन्ड्री आवश्यक्ता बारे विद्यालय प्रधानाध्यापक डिल बहादुर अधिकारिले खुलस्त गर्नु भएको थियो।
सान्ती नेपाली समाज बेलायतको सहयोगबाट बनेको चारकोठे भवनको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, सल्लाहकार, भवन निर्माणका सम्पर्ण ब्यक्तिहरुको सम-उपस्थितिमा विद्यार्थीका विभिन्न कार्यक्रम रहेको थियो।