४ वर्षदेखि अस्पतालको बेडमा: क्यान्सरले थलिएकी सुवेदीलाई आयो २० लाख सहयोग

४ वर्षदेखि अस्पतालको बेडमा: क्यान्सरले थलिएकी सुवेदीलाई आयो २० लाख सहयोग

Badigad Online
4 Min Read

– कौरव खत्री

बाग्लुङ: गलकोट नगरपालिका वडा नम्वर ४ की ४७ बर्षिय दुर्गा सुवेदी सिता २०७४ साल देखी क्यान्सर रोगले पिडित हुनुहन्छ।

शुरुमा ग्यास्ट्रिकको समस्याले पेटमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुदै काठमाण्डौं अस्पताल बागबजारमा उपचार गर्न पुग्नुभयो । उपचारको क्रममा पाठेघरको क्यान्सर पत्ता लगेपछि  डा. धुर्ब गैरेको सहयोगमा बिपि मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनमा भर्ना हुनुभएकी सिता ४ बर्षदेखि उपचारकै क्रममै हुनुहन्छ  । आर्थिक अभावले निकै कमजोर सुवेदीलाई लगातार अस्पताल धाउदा धाउदा आर्थिक समस्याले उपचारमा कठिनाई देखियो । आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई भएको खबर पाएपछि निलुवा समाज चमुवा जापानको नेतृत्वमा जापान लगाएतका देश बिदेशमा सुवेदी उपचार सहयोग अभियान संचालन भयो ।

प्रवासमा रहेका नागरिकहरुको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोट्स क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान बागलुङ समाज जापान लगाएतका संस्थाले अभियानमा ऐकेवद्धता जनाउदैं सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवासमा रहेका नागरिक तथा स्वदेशका बिभिन्न्न ठाँउका नागरिकको सहयोगबाट करिब १८ लाख ४० हजार ८ सय १ रुपैया संकलन भएको अध्यक्ष क्षेत्रीले  बताउनुभयो । उहाँले सहयोग अभियानमा सहभागि सबैलाई आभार ब्यक्त गर्नुभयो । उक्त रकम गलकोट नगरपालिका वडा नम्वर ४ मा अबस्थित निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिमार्फत हस्तान्तरण गर्ने तयारी गरि सहयोग रकम पठाए लगतै आज क्यान्सर पिडित दुर्गा सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि गरिएको हस्तान्तरण कार्यक्रममा स्थानियले समेत सहयोग गरेका छन् ।

समाजले ३ सय १४ जनाबाट संकलन भएको रकम सहित आजै ३७ जना स्थानीय तथा सामाजिक संघ सस्थाबाट संकलित १ लाख ६ हजार ८ सय ४५ रुपैया समेत गरि १९ लाख ४६ हजार ९ सय ५३ रुपैया हस्तान्तरण गरिएको हो ।

पिडित सुुबेदीलाई प्रवासमा संकलित रकमको चेक तथा स्थानीय रुपमा संकलित नगद रकम गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले प्रदान गर्नुभएको थियो । उहाँले रोगलाई जित्न आफैमा आत्मबल र आत्म बिश्वास आवश्क रहेकोले आफुलाई कमजोर महशुस नगर्न पिडित सुवेदिलाई आग्रह गर्नुभयो । उहाँले सुवेदीको साथमा परिवार  संगैं समाज रहेको बताउदैं उहाँको उपचारमा  सहयोग गर्ने बिभिन्न समाज, सहयोगी मनहरु प्रति आभार समेत ब्यक्त गर्नुभयो । उहाँले खानपानका कारण हिजो आज ठुलो रोगको सामाना गर्नुपर्ने अवस्था नागरिकले व्यर्होनु परेको हुदाँ खानपानमा बिशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ४ का अध्यक्ष बल बहादुर खत्री, गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर बि.क सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मन्जु शर्मा चालिसे, गलकोट बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष डिलाराम शर्मा, निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिका सल्लाकार घनश्याम शर्मा लगाएतले क्यान्सर पिडितको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष बिकास सुबेदीले सहयोग दाताहरुको नमावली तथा रकम सार्वजनिक गर्नुभएको थियो।

क्यान्सर पिडित परिबारको तर्फबाट बोल्दै टिकाराम शर्माले दुर्गा शर्माको उपचारको लागी आर्थिक सहयोग गर्ने सहयोगदाताहरु प्रति आभार ब्यक्त गर्दै आफ्नो परिवारको सदस्यको स्वास्थ्य उपचारको लागी प्राप्त सहयोग रकम उपचारमै खर्च गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रम निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिका अध्यक्ष ओमकार सुबेदीको अध्यक्षता, वडा सदस्य रुद्र प्रसाद सुवेदीको स्वागत तथा केन्द्रका सचिव हेमराज गैरेको संचालनमा सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित