– कौरव खत्री
बाग्लुङ: नेपाल शिक्षक संघ बाग्लुङले जिल्लाका सबै स्थानीय तहमा आफ्नो तेस्रो प्रतिनिधि सभालाई तिब्रता पारेको छ । जस अन्तरगत संघले शनिबार गलकोट नगरपालिका , ताराखोला गाउँपालिका र बडिगाड गाउपालिकाको संयुक्त प्रतिनिधि सभा गल्कोटको निलुवामा सम्पन्न भएको छ।
प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेपाल शिक्षक संघका संघिय कार्यसमीती महासचिव अर्थ पुष्पकला भट्टराईले शिक्षकहरु आफ्नो पेशा प्रति उत्तरदायी बनी संगठन निर्माणमा जुट्नु पर्नी बताइन । उनले शिक्षकहरुलाई विभिन्न मुद्दा हरु तेर्सायर अप्ठ्यारो मा पारेको भन्दै त्यस प्रकारका सामुहिक समस्याहरु समाधान शिक्षक संघको नेतृत्वमा भएको बताइन । भट्टराईले नेपाली काङ्ग्रेस पार्टी ले शिक्षाकहरु ले पार्टी प्रती गरेको योगदानको मुल्यांकन गरी आफ्ना संघसंगठनका गतिविधिमा नजिक बाट नियाल्न नसकेको समेत गुनासो गरेकी थिइन । उनले शिक्षकहरुलाई अभिभावक र विद्यार्थीले समाजको दियोको रुपमा लिएको हुँदा पेशा प्रती कर्तव्यनिष्ठ हुन जरुरी रहेको बताउदै । उनले नेपाल शिक्षक संघ काङ्ग्रेस सच्चा सारथि भएको बताउदै सम्पूर्ण शिक्षक हरु लाई नेपाल शिक्षक संघ मा आवद्ध हुन आग्रह समेत गरीन । कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, शिक्षक संघ बाग्लुङका अध्यक्ष उमाकान्त पौडेल ।
नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य काङ्ग्रेसका पुर्व जिल्ला सदस्य एवं प्रदेश सभाका उम्मेद्बार मन्जेशबम मल्ल ।
नेपाल शिक्षक संघका पुर्व केन्द्रीय सदस्य नारायण शर्मा पौडेल, शिक्षक संघ तनहुँका सहसचिव शान्ता बास्तोला, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी, महाधिवेशन प्रतिनिधि मन्जु शर्मा चालिसे, बडिगाड गाउपालिका ७ का वार्ड अध्यक्ष कृष्ण गुरुङ , गल्कोट नगरपालिका वडा न ८ का अध्यक्ष राम प्रसाद कडेल ,नेपाल शिक्षक संघ बाग्लुङका जिल्ला उपाध्यक्ष सीता शर्मा, सचीव हेमराज गैरे, सचीव अर्थ राजेन्द्र पौडेल तमानखोला गाउँपालिकाका संयोजक सत्यनारायण सिंह लगायतले बोलेका थिए ।
कार्यक्रममा गल्कोट नगरपालिका अर्थ सचीव टिकाराम शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा नेपाल शिक्षाक संघ बागलुङ देसभर मै उत्कृष्ट भयको भयको भन्दै नेपाल शिक्षक संघ बागलुङ लाई ताराखोला गाउपालीक ,बडीगाड गाउपालीका र गल्कोट नगरपालिका को तर्फ बाट सयुत्त रुपमा सम्मान पत्र प्रदान गरीनुका साथै प्रमुख अतीथी भट्टराई लाई मायाको चीनो प्रदान गरीयको थियो।
कार्यक्रम नेपाल शिक्षक संघ गल्कोट नगरपालिकाका संयोजक हरि चालिसेको अध्यक्षता, ताराखोला गाउँपालिकाका संयोजक भिम बहादुर रोकाको स्वागत र बडिगाड गाउपालिका सचिव कमल खरेलको संचालनमा सम्पन्न भएको थियोे । शिक्षक संघ यहि फाल्गुन २७ गते जिल्ला प्रतिनिधि सभा बाग्लुङ बजारमा गर्ने तय गरेको छ ।