मुसिकोटमा जापान सरकारद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण: नयाँ शैक्षिक सत्रबाट कृषि प्राविधिक शिक्षा पढाइ हुने

मुसिकोटमा जापान सरकारद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण: नयाँ शैक्षिक सत्रबाट कृषि प्राविधिक शिक्षा पढाइ हुने

Badigad Online
2 Min Read

सन्तोष महतारा

गुल्मी: गुल्मीमा कृषि प्राविधिक शिक्षा अध्ययनका लागि जापान सरकारले बनाएको भवन हस्तान्तरण गरिएको छ। जिल्लाको मुसिकाेट नगरपालिका-२, देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षाको अध्ययनका लागि जापन सरकारले बनाएको भवन हस्तान्तरण गरिएको हो।

जापान सरकारको जिजिपी संस्थाद्वारा विद्यालयकाे भवन निर्माण गरिएको संस्थाका म्यानेजर नाउराे काट्टेले जानकारी दिए। विद्यालय भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा नेपालका लागि जापानी राजदूत क्यानटारे मियोमोतोले कृषि सम्बन्धि शिक्षाले बेरोजगार बस्न नपर्ने भन्दै कृषि शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे।

विद्यालयको ४ कोठे भवन नेपाली रुपैयाँ ८५ लाख ८३ हजार लागतमा निर्माण भएको संस्थाका म्यानेजर काट्टेले बताए । विद्यालयकाे भवन जापान सरकारका नेपाल प्रतिनिधि क्यानटारे मियोमोतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनदिप घिमिरेलेलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा मुसिकाेट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले नेपालको विकासका लागि जापान सरकारले सहयोग गरिरहेकाे बताए।

साेमनाथ सापकोटाले आफुले जापान भ्रमण गरेको अनुभव बताउदै मेहनत , परिश्रम र समयको पालानाले जापान बिकसित राष्ट्र बनेको बताएका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले जापनिज सरकार प्रति आभारी रहेको भन्दै जापान सरकारबाट प्रतिनिधिको रुपमा नेपालमा रहेर सहयोग गर्नुले नगरपालिकावासी खुसी भएको बताए।

नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रबाट कृषि प्राविधिक शिक्षाको सुरु हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदिप घिमिरेले जानकारी दिए। अध्यक्ष घिमिरेले विद्यालयमा कृषि शिक्षाको सुरुवात हुनेभएपछि आवश्यक जग्गाको लागि प्रक्रिया अगाडि बढेको बताए । स्थानीयहरुले विद्यालयकाे लागि ३५ रोपनी जग्गा उपलब्ध गराएका छन् । नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा सुरु हुन थालेको कृषि प्राविधिक शिक्षा मुसिकाेट नगरपालिकामा पहिलो भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घिमिरेले जानकारी दिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित