सम्झना हत्या प्रकरण: अभियुक्त सार्वजनिक

सम्झना हत्या प्रकरण: अभियुक्त सार्वजनिक

Badigad Online
1 Min Read

गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ३ भाडगाऊँकी सम्झना बोहोरा खत्री मृत भेटिएको ३ दिनपछि हत्यामा संलग्न अभियुक्त  सार्वजनिक गरिएको छ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ३ भाडगाँउकै अभियुक्त लाल बहादुर खत्रीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनकी सासु तोमकला खत्रीले आत्महत्या गरेको बताइएको छ । अहिलेलाई हत्यारा मात्र सार्वजनिक गरिएको अन्य विस्तृत जानकारीको लागी थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो।

रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २२ वर्षीया सम्झना बोहोरा खत्री माघ २९ गते देखि वेपत्ता भएकोमा यही फाल्गुन १७ गते सोमबार बिहान फेला परिकी थिईन । उनकी सासु फागुन १ गते घरनजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन।

गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको शव १८ दिनपछि स्थानीयले घाँस काट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए। घरदेखि डेढसय मिटर टाढा बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो।

युवतीको शव पोष्टमार्टम भईसकेको र रिपोर्ट आउन बाँकी रहेको छ। महिला बेपत्ता र उनकी सासु मृत भेटिएको विषयलाई लिएर स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित