गजल: चालिस कट्न थालिसकेँ, रमाउन आउ प्रिय

गजल: चालिस कट्न थालिसकेँ, रमाउन आउ प्रिय

Badigad Online
1 Min Read

– कृष्णकला भण्डारी कँडेल

चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय।
चिरिएका खस्रा हात समाउन आऊ प्रिय॥

बन्धकीको खेतबारी फर्काउन नसके नि।
दुइचार पैसा साहुको हात थमाउन आऊ प्रिय॥

कुह्यो खर, उम्र्यो झार तारामण्डल छानो भयो।
उधारेर जस्ता पाता जमाउन आऊ प्रिय॥

न जन्मदा थियौ यहाँ न त थियौ पास्नी हुँदा।
हुर्किएकी जेठी छोरी अन्माउन आऊ प्रिय॥

लाउँदिन यो सिक्री औँठी बेची रिन तिर्छु बरु।
अब आफ्नै पाखो जोती कमाउन आऊ प्रिय॥

Share This Article

प्रतिक्रिया दिनुहोस