मुसिकोटमा परिवार नियोजन तथा पाठेघरको मुखको क्यान्सर नाप्ने भीआईए क्याम्प सम्पन्न

मुसिकोटमा परिवार नियोजन तथा पाठेघरको मुखको क्यान्सर नाप्ने भीआईए क्याम्प सम्पन्न

Badigad Online
1 Min Read

– सागर भण्डारी

गुल्मी- मुसिकोट नगरपालिकामा परिवार नियोजन तथा पाठेघरको मुखको क्यान्सर नाप्ने भीआईए क्याम्प सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय, गुल्मीको आयोजना, परिवार नियोजन संघ, पाल्पा शाखाको सहयोग र मुसिकोट नगरपालिकाको सहजीकरणमा नगरपालिकाको वडा नं ३ वडागाउँ स्वस्थ्य चौकीमा क्याम्प सम्पन भएको हो।

सम्पन १ दिने क्याम्पमा परिवार नियोजनको स्थायी बन्ध्याकरण पुरुषको लागि भ्यासेक्टोमी र महिलाको लागि मिनिल्याप लगायतका सेवा प्रदान गरिएको थियो।

पाठेघरको मुखको क्यान्सर नाप्ने भीआईए ९४ जनाले जाँच गराएका छन् । जसमध्ये ४ जनामा पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो । त्यस्तै परिवार नियोजन अन्तर्गत २६ जनाले ईम्प्लान्ट ४ जनाले आईयुसीडी, ४ जनाले मिनिल्याप र ५ जनाले भ्यासेक्टोमीको सेवा लिएको उहाँले जानकारी दिनुभयो । क्याम्पमा परिवार नियोजन सघं पाल्पा र जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्राविधिकहरुले सहजीकरण गरेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित