पेंगा निम्न माध्यमिक विद्यालयको ५९ औँ बार्षिकोत्सव सम्पन्न

पेंगा निम्न माध्यमिक विद्यालयको ५९ औँ बार्षिकोत्सव सम्पन्न

Badigad Online
1 Min Read

– सागर भण्डारी

गुल्मी- पेँगा निम्न माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका ३ पेंगाको ५९ औँ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ। विहिवारबाट सुरु भएको बार्षिकोत्सवको शुक्रवार समापन गरिएको हो।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि नगरपालिकाको सहयोग रहँदै आएको भन्दै आगामी दिनमा भौतिक र शैक्षिक विकाससगैं शिक्षक दरबन्दी समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक सोमैले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ।

 

आयोजित अन्तर निम्न माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगीतामा १२ समुहको सहभागीता रहेकोमा भानु माध्यमिक विद्यालय बडिगाड बाग्लुङ प्रथम र दुर्गा भवन माध्यमिक विद्यालय मुसिकोट ५ द्धितिय भएका छन् । त्यस्तै अन्तर निम्न माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा ५ समुहको सहभागीता रहेकोमा जनजागृति माध्यमिक विद्यालय मुनपा ३ प्रथम, पेंगा निम्न माध्यमिक विद्यालय द्धितिय र त्रिभुवन माध्यमिक विद्यालय मुनपा ६ तृतीय भएका छन्।

कार्यक्रममा वडा नं ३ का वडा सदस्य शंकर रायमाझी, नेकपा नगर कमिटी अध्यक्ष खुम थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।

विहिवार वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर जिसीले कार्यक्रमको उद्घाटन भएको थियो।

फोटो सौजन्य : समुन्द्र विक्रम रायमाझी सुचना प्रविधि सयोंजक मुसिकोट नगरपालिका

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित