बागलुङ: प्रेस संगठन नेपाल बागलुङको शनिबार भएको भेलाले तारानाथ आचार्यको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सह–संयोजकमा थम्मन थापा र दिनेश शर्मा, सचिवमा अनिश खाती रहनु भएको छ।
सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत्री (सरिता), पूर्णभद्र निउरे, विमल खड्का, खगेन्द्र विश्वकर्मा, योगेश खड्का, योगेन्द्र विश्वकर्मा, देउमाया राना, जीवन पाण्डे, अनिश पाठक, कुम्बिर विश्वकर्मा, केहरसिंह राना, जीत खत्री, रोशन थापा, शान्त खत्री (मौसम), शर्मिला रोका, हेम विश्वकर्मा, आयसा आचार्य, मनीशा शर्मा, कृष्ण सापकोटा, रञ्जिता शर्मा, आयसा आचार्य, गणेश थापा, सुमन सुनार, तिलक घर्तीमगर, धन बहादुर विश्वकर्मा, सुमित्रा सुनार, गोपाल बुढा रहनुभएको छ । ३ सदस्य पछि मनोनयन गर्ने बताइएको छ।
१९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यमा निर्मल बहादुर श्रेष्ठ, राजेशचन्द्र राज भण्डारी, बद्री प्रसाद शर्मा, कमल पौडेल, झपेन्द्र क्षेत्री, वीर बहादुर चोखाल, हिमाल शर्मा, राज थापा, वेलुकाजी थापा, महेन्द्र घर्ती (संगम), मुकेशचन्द्र राज भण्डारी, राजु खड्का, कोपिला कँडेल, सूर्य गौतम, विमला गौतम, राम थापा, मित्र खरेल, कृष्ण कँडेल र ज्ञान बहादुर सिंह रहनु भएको छ । कार्यक्रममा प्रेस संगठन नेपालका बागलुङका राम थापाले बधाई मन्तव्य राख्नु भएको थियो।
साभार: ईपरी न्यूज