फागुन २२ देखि २८ गते सम्म को साप्ताहिक राशिफल
मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता मनमा निरासा र शरीरमा आलस्य आउला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। स्वास्थ्यप्रति सजकता अपनाउनु होला। बुधवारबाट व्यवसायको सन्दर्भमा नयाँ नयाँ योजना बन्नेछ। पारिवारिक मनोरञ्जन र भेटघाट हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। यो साताका लागि शुभअङ्क १,५ र शुभ रङ्ग गुलाबी या पहेंलो हो। कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवाको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।
वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ। सामाजिक कार्यमा मन जानेछ। साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ। प्रतिद्वन्दी हरुले कार्यमा अवरोध ल्याउनेछन्। स्वास्थ्य प्रति सतर्कता अपनाउनु पर्छ। यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो। शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।
मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता शुभ कार्यको चर्चा चल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ। व्यापार व्यवसायमा सफलता पाईनेछ। शेयर बाजारबाट राम्रो सफलता मिल्ला। साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन्। यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सुन्तला वा सेतो हो। कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।
कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ योजनामा पुनर्विचार हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। साताको अन्त्यमा स्वास्थ्य प्रतिकूल हुनसक्छ। अत: स्वास्थ्य प्रति सचेत हुनुपर्छ। यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कृष्ण भगवानको स्मरणगरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ।
सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। बन्धु बान्धव बाट सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभ रङ्ग खैरो रङ्ग हो। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ।
कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता समय निकै उत्साहजनक रहनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। मनोरञ्जनमा सहभागीता भइएला। रमाइलो यात्राको सम्भावना पनि रहेकोछ। बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ। शैक्षिक क्षेत्र कमजोर रहनेछ। यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सुन्तलारङ्ग हो। कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।
तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो हप्ता मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। परिवार सङ्ग रमाइलो भेटघाट हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला। सौन्दर्यतामा धन खर्च हुनेछ। यो साताका लागि शुभअङ्क ७,८ र शुभरङ्ग पहेँलो वा घिउरङ्ग हो। शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।
वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता महिला वर्गबाट विषेश सहयोग मिल्नेछ। समाजिक कार्यमा मन जाला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। शेयरबाजार लाभ र वित्तीय संस्थाबाट सहयोग पाईनेछ। दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन्। यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग कलेजी रातो हो। कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ।
धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वस्थप्रति सजक रहनु पर्नेछ। नियमित खर्च बढ्ने योग पनि छ। बुधवारबाट सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आकस्मिक धन लाभ हुनेछ। यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग रातो वा पहेंलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।
मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्ला। शुभ कार्यको लागि पारिवारिक समर्थन मिल्नेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ। यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ्ग नीलो वा पहेंलो हो। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।
कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता नजिकको मित्रसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। चिताएको कामले तीव्रता लिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनीतिक कार्यमा सफलता मिल्नेछ। शत्रु पनि क्षय होलान्। यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पर्पल वा घिउरङ्ग हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कृष्णजीको ध्यान गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ।
मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। मध्य सातामा विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो