गुल्मी: गुल्मीमा नेकपा एमालेलाई एकढिक्का बनाउन आव्हान गरिएको छ। आज जिल्ला सदरमुकाम तम्घासमा नेकपा एमालेका नेताहरुको बैठकले पुर्ववत नेकपा एमालेको बैठक बोलाइ कार्यकर्ताको भावना अनुरुप पार्टी संचालन गर्न आग्रह गरेको छ।
बैठक पछि नेकपा एमालेका सचिब सोमनाथ सापकोटा र जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ सापकोटाको संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्तीमा नेकपा एमालेलाई विभाजित पारेर कमजोर बनाउने गरि पार्टी अध्यक्ष केपि ओलिबाट गरिएका स्वेच्छाचारी, विधान बिपरितका कदम अबिलम्व रोक्न र कार्यकर्ताको भावना अनुरुप पार्टी संचालन गर्न जोडदार माग गरिएको छ।
यो पनि: केही जनप्रतिनिधि ओली समूहमा जाँदैमा नेकपा मुसिकोटलाई फरक पर्दैन्ः नेता सापकोटा
बैठकले नेकपा एमालेका २०७५ जेठ ३ गते अगाडिका आधिकारिक कमिटीको बैठक आयोजना गरि पार्टी कामलाइ अगाडि बढाउन र नेकपा एमालेको एकता बचाउनका लागि व्यापक दबाव सिर्जना गर्न पार्टी पंक्ती सबैमा आव्हान समेत गरेको छ।
नेकपा एमाले गुल्मीका प्रभावशाली नेताहरु सम्मीलित बैठकले सिङ्गो एमालेको बैठक बस्नु पर्नेमा गुल्मी एमालेका कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्तलाई पटक पटक आग्रह गर्दा पनि बैठक नराखेको आरोप लगाएको छ । बैठकले अध्यक्ष पन्तले गुटगत भेला राखेको आरोप लगाउदै पार्टी हित बिपरितका गतिविधि रोकि छिटो बैठकको आयोजना गर्न र पार्टी कामलाइ एकताबद्ध रुपमा अगाडि बढाउन आव्हान समेत गरेको छ।