अधिवेशन तयारीमा जुट्यो पत्रकार महासंघ, गुल्मी

अधिवेशन तयारीमा जुट्यो पत्रकार महासंघ, गुल्मी

Badigad Online
2 Min Read

– हुमाकान्त पोखरेल

गुल्मी: नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मी पत्रकार महासंघको अधिवेशनमा जुटेको छ। यहि चैत्र २५ गते हुने अधिवेशन सम्पन्न गराउनको लागि पत्रकार महासंघल तयारी थालेको हो। जसअन्तरगत महासंघले विभिन्न उप-समितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ।

बुधबार बसेको कार्यसमितिको बैठकले विभिन्न पाचँवटा उप–समिति गठन गर्नुका साथै केही निर्णयहरु पनि गरेको छ। पत्रकार महासंघले सदस्यबाट हटाइएकाहरुलाई पुर्नबाहली गर्ने निर्णय गरेको छ। महासंघकी उपाध्यक्ष सिता भण्डारीको संयोजकत्वमा तीन सदस्यीय अतिथि सत्कार उप–समिति गठन गरेको छ।

त्यसैगरी हुमाकान्त पोखरेल र रमेश विश्वकर्मा सदस्य रहने गरी संजिवनी अर्यालको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार तथा सम्मान छपाई उप–समिति, अध्यक्ष नवराज भुसाल, सचिव टोपलाल अर्याल, कार्यसमिति सदस्य तिलाचन पाण्डे र रेशम कुँवर सदस्य गरी उपाध्यक्ष अनिल खत्रीको संयोजकत्वमा पाचँ सदस्यीय पुरस्कार छनोट उप–समिति गठन गरेको छ।

यो पनि: जब सवारी चालक अनुमतिपत्रमा मास्क लगाइएको तस्वीर छापिएर आयो

त्यस्तै कार्यसमिति सदस्य दधिराम खनाल, कौरव खत्री र रामकृष्ण कडेल सदस्य रहने गरी छवि पाण्डेको संयोजकत्वमा संस्थापक तथा अग्रज पत्रकार सम्मान उप–समिति गठन गरेको छ । जिल्लाको सामुदायिक रेडियो स्काईले कर्मचारीलाई पारिश्रमिक नदिएको बिषयमा पनि पत्रकार महासंघले छलफल गरेको छ । यसलाई समाधान गर्नको लागि महासंघका कार्यसमिति सदस्य तिलाचन पाण्डे र छवि पाण्डे सदस्य रहने गरी अध्यक्ष नवराज भुसालको संयोजकत्वमा समिति गठन भएको पत्रकार महासंघ, गुल्मीका सचिव टोपलाल अर्यालले जानकारी दिए।

यस बर्ष जिल्लाका आठ जना पत्रकारले महासंघको सदस्यता पाएका छन् । हुमाकान्त पोखरेल, डिबि खड्का, महेश बोहोरा, रमेश विश्वकर्मा, गगां खड्का, सुर्य सुनार, अजय जेम्स र टिकाराम पाण्डेले महासंघको सदस्ता प्राप्त गरेका छन् । यो सँगै पत्रकार महासंघमा कुल ६३ जना मतदाता भएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित