राष्ट्रिय फुटबल टिमका कप्तान किरण एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा

राष्ट्रिय फुटबल टिमका कप्तान किरण एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा

Badigad Online
1 Min Read

काठमाडौँ: राष्ट्रिय टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ को शीर्ष १० खेलाडीमा पर्ने पहिलो नेपाली भएका छन्।

थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन्। यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन्।

मनोनयन सार्वजनिक गर्दै एएफसीको वेबसाइटमा लेखिएको छ, ‘नेपाल यस इन्टरनेसनल विन्डो’ (अन्तर्राष्ट्रिय खेलको लागि छुट्याइएको अवधि) मा सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको थियो। तर, आत्मविश्वास वृद्धि गर्दै त्यसलाई अन्त्य गऱ्यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर एवम् कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा (दुई खेलमात्रै अन्तर्राष्ट्रिय) एक गोलमात्रै बेहोरे र सुनिश्चित–नेपालको जित) गर्दै विराज महर्जनको बिदाइलाई भव्य बनाइदिए।’

आफ्नो कप्तानीमा पहिलो उपाधि जितेका ३१ वर्षीय किरणले भने, ‘एसियाकै उत्कृष्ट खेलाडीहरूसँगै साताकै १० उत्कृष्ट खेलाडीको सूचीमा पर्नु मेरो जीवनकै उपलब्धि हो। थ्री नेसन्स कपको उपाधिसम्म पुग्न टिमका साथी, सहकर्मीहरूको मेहनत र एकसाथ पाएको सफलताले मलाई यो अवसर मिलेको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित