– कौरव खत्री
बागलुङ: “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मुल नाराका साथ आज गल्कोट हटिया मा ६४ औँ सहकारी दिवसको अवसरमा “स्थानीय सरकारको सहकारी व्यवस्थापनमा भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ।
गल्कोट नगरपालिका को सहयोग र समन्वय ,सहकारी सन्जाल गल्कोट नगरपालिका को आयोजना मा सम्पन्न अन्तरक्रिया कार्यक्रम मा बोल्दै गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरे ले सहकारीको माध्यम बाट समग्र गल्कोट लाइ समृद्धि बनाउन मा ठूलो सहयोग गरिरहेको बताउनु भयो।
उहाले भन्नू भयो केन्द्र सरकारले स्थानीय सरकार लाई सहकारी समन्धी अधिकार दिय पनि आवश्यक जनशक्ति उपलब्ध नगराउदा पनि हामीले स्थानीय रुपमा उपलब्ध जनशक्ति व्यवस्थापन गरेर सेवा दिदै आइरहेको बताउनु भयो ।
सहकारी हरुले रोजगार गुमायका र बेरोजगार हरुलाइ स्वोरोजगार बनाउन का लागि खेलेको भुमिका को चर्चा गर्दै विधि र पद्धति अनुसार सहकारी चल्नु पर्ने भन्दै नगरपालिका ले सहकारी हरु को अनुगमन तथा निगरानी गरिरहेको बाताउदै, आगामी आर्थिक बर्ष मा सहकारी कर्मी हरुको सुझाव र सल्लाह मा नगरपालिका सहकारी मैत्री हुने गरि सहकारी नीति ल्याउने समेत जानकारी गराउनु भयो ।
कार्यक्रम को अबसर मा गल्कोट नगरपालिका वडा न २ का बडा अध्यक्ष हिम बहादुर भन्डारी जिल्ला सहकारी सङ का सदस्य एवम् सयपत्री बहुउद्देश्यीय सहकारी का अध्यक्ष चिन्तामणी शर्मा ,सहकारी सन्जाल गल्कोट नगरपालिकाका सदस्य घनश्याम गौतम ,गल्कोट नगर कार्यपालिका सदस्य एवम् गौमुखी कृषि सहकारी का अध्यक्ष शिव कुमारी खत्री लगायत ले शुभकामना मनत्व्य ब्यत्त गर्नु भयको थियो ।
कार्यक्रम गल्कोट अबसर मा सम्पुर्ण सहकारी कर्मी हरु ले सहकारी समन्धी ब्यानर बोकि जनचेतनामूलक नारा लगाउदै हटिया बजार परिक्रमा गरेका थिए।
कार्यक्रम गल्कोट सहकारि सन्जाल का अध्यक्ष विरेन्द्र श्रेष्ठ को अध्यक्षता उपाध्यक्ष छुमबहादुर थापा को स्वागत र सदस्य घनश्याम चालिसे को संचालन मा सम्पन्न भयको थियो।
कौरव खत्री बडिगाड अनलाइनका वरिष्ठ संवाददाता हुन्।