गल्कोट समाज युकेका अध्यक्ष राजु कंडेलद्वारा रेडियो पुष्पाञ्जलीको अवलोकन

गल्कोट समाज युकेका अध्यक्ष राजु कंडेलद्वारा रेडियो पुष्पाञ्जलीको अवलोकन

Badigad Online
2 Min Read

गुल्मी: गल्कोट समाज युकेका अध्यक्ष राजु कंडेलले सामुदायिक रेडियो पुष्पाञ्जलीको अवलोकन भ्रमण गर्नुभएको छ। लामो समयदेखि बेलायतमा रही हाल नेपालमा आउनुभएका कडेंलले मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारमा रहेको रेडियोको अवलोकन भ्रमण गर्नुभएको हो।

उक्त अवसरमा बोल्दै कडेंलले रेडियोलाई सामाजिक उत्तर दायित्व बहन गर्ने सञ्चार माध्यम बन्न आग्रह गर्नुभयो । पछिल्लो समय सञ्चार माध्यमहरु राजनैतिक आग्रह र पूर्वाग्रहमा रहेर सञ्चालनमा रहने परम्परा रहेको भन्दै उहाँले राजनैतिक गन्धबाट टाढा रही रेडियोलाई निष्पक्ष रहन आग्रह गर्नुभयो ।

उहाँले समाजको उत्थानका लागि खोलिएका सामाजिक सघं संस्थामा राजनैतिक हस्तक्षेप हुन नहुने बताउनुभयो । त्यस्तै उहाँले ग्रामिण स्तरमा खोलिएका सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरु जोखिम मोलेर काम गरिरहेको भन्दै देश विकासमा सञ्चारकर्मी र सञ्चार माध्यमहरुको महत्वपूणर् भूमिका रहने स्पष्ट पार्नुभयो।

कडेंलले सन् २००२ मा बेलायत जानु भएको थियो । बेलायत गएपश्चात थुप्रै सामाजिक सघं संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै आउनुभएका उहाँ नेपालमा २०७२ सालको भुकम्प जाने बेलामा साझा नेपाली संस्था युकेको अध्यक्ष हुनुहुन्थ्यो । सोही समयमा उहाँले उक्त संस्था मार्फत भुकम्प प्रभावितहरुको व्यवस्थापनका लागि झण्डै ४२ लाख बराबरको राहत सामाग्री र नगद सहयोग सकंलन गरी सहयोग गर्नुभएको थियो ।

हाल उहाँ गल्कोट समाज युकेको अध्यक्ष हुनुहुन्छ । बेलायतमा रहेका नेपालीहरुले धेरै थोरै रकम जम्मा गरेर खोलेको संस्थाले अहिले थुप्रै कामहरु गरेको जानकारी गराउनुभएको थियो । नेपालमा हुने विभिन्न दैवि प्रकोपका घटना, गरिबी,दुःख र पीडामा रहेकाहरुको उद्धारका लागि संस्थाले राहत वितरण देखि अन्य विभिन्न कार्यहरु गर्दै आईरहेको बताउनुभयो ।

उक्त अवसरमा रेडियो सञ्चालक समिति अध्यक्ष दिनेश खातिले गल्कोट समाज युकेले गरेको कामको उच्च प्रशसां गर्दै विदेशमा रहेर पनि देश प्रतिको माया र सदभाव साँच्चिकै उदाहरणीय रहेको बताउनुभयो ।

उक्त अवसरमा रेडियो सञ्चालक समितिका उपाध्यक्ष विवेक काफ्ले, सचिव सुन्दर प्रधान, सहसचिव कौरव खत्री, कोषाध्यक्ष अर्जुन सापकोटा, सह कोषाध्यक्ष विष्णु प्रसाद आचार्य, सदस्य गोपालमणी सापकोटा, व्यवसायी रामु सापकोटा लगायत रेडियोमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित