साप्ताहिक राशिफल: चैत्र २१ देखि २७ गते सम्मको राशिफल

साप्ताहिक राशिफल: चैत्र २१ देखि २७ गते सम्मको राशिफल

Badigad Online
7 Min Read

चैत्र २१ देखि २७ गते सम्मको राशिफल

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
Aries
यो साता सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको योग रहेको छ। मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला। यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग आकासे नीलो वा गुलाबी हो। कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ।

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
Taurus
आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। सामान हराउने वा चोरी हुने भएछ। साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग रातो वा घ्युरङ्ग हो। कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
Gemini
यो साता शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन्। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। धार्मिक यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा सेतो हो। कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
Cancer
यो साता सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ। परीक्षा आदि प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
Leo
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग गुलाबी वा पहेंलो हो। कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ।

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
Virgo
यो साता राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा हरियो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ।

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
Libra
यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आफन्तहरूको सहयोगले कार्यहरु अगाडी बढ्नेछन। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग सेतो वा नीलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको भगवानको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Scorpio
यो साता शुभकार्यको चर्चा चल्नेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ। साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा पर्पल हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यानगरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
Sagittarius
यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ रोकिएको धन हाता पर्न सक्छ । शेयरबजारबाट पनि राम्रै सफलता मिल्नेछ। यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ्ग सेतो हो। कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ।

मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
Capricorn
यो साता प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। मनमा वैराग्यको भावना पलाउन सक्छ। व्यवसायमा मन्दी आउनेछ। सोमवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। नयाँ कार्यको योजना र शुभ कार्यको चर्चा पनि चल्नेछ। यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सिन्दुरे वा कालो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
Aquarius
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। व्यापार व्यवसायमा सफलता पाईनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। परिवारमा मायामा कमी आउनेछ। यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ्ग निलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ।

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
Pisces
साताको सुरुमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ। जीवनसाथीसङ्ग राय बाजिनेछ। कर्मक्षेत्र पनि घर्षशील रहनेछ। मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ्ग सेतो वा पहेंलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित