बाग्लुङ: नेपाल पत्रकार महासंघ गण्डकीमा अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। महासंघको चैत २५ मा हुने महाधिवेशनअन्तर्गत बिहीबार भएको मनोनयन दर्तामा दीपेन्द्र श्रेष्ठ, नारायणप्रसाद शर्मा, आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट) र एपी बञ्जारा (लोकनाथ) को उम्मेदवारी परेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिए।
खुला उपाध्यक्षमा इन्द्रप्रसाद पौडेल, दीपक भट्टराई र माधवप्रसाद पनेरु, महिला उपाध्यक्षमा शान्ति गुरुङ र सोनी शर्माको उम्मेदवारी परेको छ।
महासचिवमा गोविन्द सुवेदी, दील शिरीष, सचिव खुलामा ऋषिकान्त पौडेल, प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जारा, सचिव समावेशीमा रुद्र श्रीस मगर र सुशीलबाबु श्रेष्ठ, कोषाध्इक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिनाले उम्मेदवारी दिए।
बडिगाड अनलाइनमा यो पनि हेर्नुहोस्: पत्रकार महासंघको निर्वाचन आचार संहिता जारी
सदस्य खुलातर्फ कृष्ण कँडेल, ताराप्रसाद शर्मा, थम्मन थापा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणि बराल, माधवप्रसाद अधिकारी, माधव पराजुली, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार, सुनिल पाण्डे र सूर्यप्रसाद बास्तोला रहेका छन्।
सदस्य महिलातर्फ कविता श्रेष्ठ, रंजिता शर्मा, राधिका कँडेल, रोशनी गुरुङ, स्मीता अधिकारी, सदस्य दलितमा रविना बोहरा र सानेबहादुर नेपाली (कोइराला), सदस्य आदिवासी÷जनजातिमा जनक श्रेष्ठ, विनाकुमारी थापा (बिनु), रामजी राना र रुद्रबहादुर थापा छन् भने सदस्य अल्पसंख्यकमा पदम छन्त्याल र श्रीकान्त सापकोटा भिड्ने भएका छन्।
साभार: नयाँ विश्व