ज्योति लाइफ इन्स्योरेन्स द्वारा मृ’त्यु दावी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्स द्वारा मृ’त्यु दावी भुक्तानी

Badigad Online
2 Min Read

– कौरव खत्री

बागलुङ: गल्कोट नगरपालिका, वडा नं. ४  निवासी स्व .पुर्ण बहादुर खत्रीको परिवारलाई ज्योति लाइफ इन्स्योरेन्स, बाग्लुङ शाखाले आज एक कार्यक्रमका बिच जीवन बिमा बापतको मृ’त्यु दाबी रकमको भुक्तानी गरेको छ।

कार्यक्रममा गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरे ले  मृतक स्व. पुर्ण बहादुर खत्री को आत्माको चिर शान्ति को कामना गर्दै मृतक कि  श्रीमती मिना खत्री लाई बिमा बापतको रु १७,२५,०००।- बराबर को चेक हस्तान्तरण गर्नु भयको थियो ।

चेक रकम हस्तान्तरण  गर्दै उहाले आजको स-सानो बचत ले   अप्ठ्यारो परेको र असामान्य दुर्घटना ,भवितव्यं हुदा को अवस्था मा  ठूलो सहयोग गरेको बताउनु भयो।

स्ब . खत्री ले बिगत २ बर्ष पहिले गल्कोट का एजेन्सी  राम बहादुर खत्री मार्फत ज्योति धन लाभ  जीवन योजना अन्तरगत बिमा मा जोडिनु भयको थियो । स्व. खत्री रोजगारी को सिलसिला मा जापान रहदै गर्दा   गत पौष २४ गते जापानमा नै निधन  भयको   थियो ।

कार्यक्रम मा ज्योति लाईफ इन्स्योरेन्स गल्कोट का सिनियर एजेन्सी म्यानेजर उदय बस्नेत , यसिन रोका मगर लगायत ले  जीवन बिमा  र यसको महत्त्व को बारेमा  बताउदै आजको सानो लगानी ले भोलि को भबिस्य मा लाइ ठूलो जोखिम बहन गर्ने भन्दै सम्पूर्ण लाई जीवन बिमा मा आबद्ध हुन आग्रह गर्नु भयो।

कार्यक्रम ज्योति लाइफ इन्स्योरेन्स बागलुङ साखा का प्रमुख मेघराज खड्का को अध्यक्षता र संजय शर्मा को  सन्चालन मा सप्पन्न भयको थियो।

Author
कौरव खत्री बडिगाड अनलाइनका वरिष्ठ संवाददाता हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित