– गोविन्द कंडेल
गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सम्पुर्ण जनप्रतिनिधी र कार्यरत कर्मचारीहरूका लागि तिन दिने क्षमता विकास सम्वन्धी तालिम आज सम्पन्न भएको छ।
मुसिकोट नगरपालिका वडा नं. ५ स्थित प्राविधिक शिक्षालयको सभाहलमा चैत्र १९ गते सुरू भएको तालिमको आज रूद्रावती वहुमुखी क्याम्पस स्थित नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको हो।
मुसिकोट नगरपालिकाको आयोजना र एप्पल मिडिया एण्ड एड्भर्टाइजिङ्ग प्रा.लि. काठमाण्डॏको सहजिकरणमा तिन दिनको क्षमता विकास तालिम सम्पन्न गरिएको हो।
तालिमको समापन सत्रमा समापन समारोहका अध्यक्ष एवं मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले सहभागी कर्मचारी तथा जनप्रतिनिधीहरूलाइ तालिममा सिकेका कुरा दैनिक सेवा प्रवाहका क्रममा लागु गर्न निर्देशन दिनुका साथै जीवन सिकाइ भएकोले काम गर्दै सिक्दै अगाडी वढ्ने तथा यस्ता तालिमहरू आगामी दिन हरूमा समेत सञ्चालन गर्ने वताउनु भयो।
यो पनि हेर्नुहोस्: साप्ताहिक राशिफल: चैत्र २१ देखि २७ गते सम्मको राशिफल
तालिमको मुख्य प्रशिक्षकका रूपमा नेपाल सरकारका पूर्व सहसचिव, प्रशासन विज्ञ एवं अधिवक्ता विष्णु वहादुर थापा एवं प्रशिक्षकहरू मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीका प्रमुख विस्नु प्रसाद ज्ञवाली र विज्ञ प्रशिक्षक ज्ञानु अधिकारीले तिन दिनको तालिममा प्रशिक्षण दिनु भएको थियो।
मुख्य प्रशिक्षक थापाले स्थानिय सरकार सञ्चालन ऎनका प्रावधानहरू, घटना दर्ता, न्यायिक समितिको कार्य सम्पादनका विषयमा , भुसालले सत्यनिष्ठा, नैतिकता र सदाचार साथै योजना तर्जुमा र वजेट कार्यान्वयन, त्यसै गरी अधिकारीले राजनिती र प्रशासन साथै कार्यालयवाट दैनिक गरिने सेवा प्रवाहका विषयहरू तथा ज्ञवालीले आर्थिक प्रशासनको विषयमा प्रशिक्षण दिनु भएको हो।
तालिममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू , कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
आज समापन समारोहमा तालिमका मुख्य प्रशिक्षक विस्नु वहादुर थापाले सञ्चालनको क्रममा भएका अनुभवहरूको वारेमा वताउँदै मुसिकोट नगरपालिकाको जनप्रतिनिधि र कर्मचारी विचको सुमधुर सम्वन्धको उच्च प्रसंशा गर्नु भयो । समापन समारोहमा सहभागीको तर्फवाट वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा र कार्यापालिका सदस्य सत्या कुमारी जि.सी.ले तालिमको अनुभव सहित मन्तव्य राख्नु भएको थियो । तालिमको समापन समारोह मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता र प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।
तालिम पछी सहभागीहरूको तर्फवाट योजना अधिकृत मुना ज्ञवालीले सेरोफेरो नेपाल सँगको कुराकानीमा तालिमले आफुहरूलाइ अत्यन्तै उत्साहित वनाउनुका साथै जनप्रतिनिधी र कर्मचारीको एकमुष्ट तालिमले सवैलाइ नजिकबाट वुझ्ने अवसर प्राप्त भएकोले यसले सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको वताउनु भयो।
गोविन्द कंडेल बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।