काठमाडौँ: अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्। उनले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी हुन्।
होलीको समयमा खिचिएको एक तस्वीरमा कार्की गर्भवती भएको अनुमान गरिएको थियो। उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको जानकारी गराएपछि उनी आमा बन्न लागेको पुष्टि भएको हो।
पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै ‘मलाई सोध्न बन्द गर्नूस। हो म प्रेगनेन्ट भएकी हुँ,’ भनेर लेखेकी छन्। आयुष्मान र कार्कीले २०२० को फेब्रुअरी २८ मा विवाह गरेका थिए।
र यो पनि: साहित्य: झमक घिमिरेका चार कविता
तस्वीर: प्रियंका कार्कीको फेसबुक पेजबाट
Badigad Online