गलकोट समाज युकेद्वसरा बोवाङ स्वास्थ्य चौकीको लागि रु. ९ लाख सहयोग हस्तान्तरण

गलकोट समाज युकेद्वसरा बोवाङ स्वास्थ्य चौकीको लागि रु. ९ लाख सहयोग हस्तान्तरण

Badigad Online
2 Min Read

बाग्लुङ: बाढीका कारण क्षतिग्रस्त बोबाङ स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनको लागी गलकोट समाज यु केको नेतृत्वमा यु केमा संकलित रकम आज हस्तान्तरण गरिएको छ।

गलकोट समाज युकेका अध्यक्ष राज कडेंलले सहयोग रकम आज ढोरपाटन नगरपालिका वडा नम्वरर ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीमगरलाई उत्त रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै गलकोट समाज युकेका अध्यक्ष राजु कडेंलले नेपाललाई जन्मथलो बनाएर विदेशमा दुःख गरिरहेका गलकोटे  ता नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले आफुले कमाएको केहि अँश छुट्टाएर प्राकृतिक बिपत्तिका कारण क्षतिगस्त क्षेत्रमा स्वास्थ्य सस्थाको जग्गा ब्यबस्गापनको लागी सहयोग गरेको बताउनुभयो।

छुटाउनु भयो कि: अभिनेत्री प्रियंका कार्की आमा बन्दै

उहाँले गत भाद्र १७ गते भुजिँखोलामा आएको बाढिकाकारण जनधनको क्षति भएको अबस्थालाई सामान्य भएपनि राहात दिने लक्ष्य अनुसार युकेमा सहयोग अभियान संचालन गरिएको बताउदै, सहयोग गर्ने सबै नेपाली सहयोगी मनप्रति आभार समेत ब्यक्त गर्नुभयो । उहाँले सामान्य स्वास्थ्य उपचारको लागी बुर्तिबाङ सम्म जान नसक्ने अबस्थालाई मध्येनजरगरि सहयोग गरिएको बताउनुभयो।

त्यस्तै कार्यक्रमका अवसरमा गलकोट समाज युके का सल्लाहकार तेजेन्द्र बहादुर बुढाथोकी, गलकोट समाज युकेमार्फत सहयोग गर्ने गलकोटबासी र नेपालि दाजुभाई दिदिबहिनीहरुको चाहाना अनुसार सहयोग रकमलाई पारदर्शी तथा प्रभाबकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो।

साबिक बोबाङ गाँउबिकास समितिका अध्यक्ष शेरमान घर्तीमगरले सहयोग रकम अनुसार प्रभाबितच क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागी सहज हुने गरि जग्गा ब्यबस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

ढोरपाटन नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरि घर्तिमगरले गलकोट समाज युकेलाई धन्यवाद दिदै गलकोटबाट विदेशमा रहेर पनि जन्मभुमिमा भएको प्राकृतिक बिपत्तीको समयमा विदेशमा रहनुभएका नेपालीहरुले गर्नुभएको सहयोग प्रति आभार ब्यक्त गदैं आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो। उहाँले प्रबासी नेपालिको सहयोगलाई उहाँको उदेश्य अनुसार स्वास्थ्य चौकीको जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरी बहादुर घर्ती मगरको अध्यक्षता तथा पत्रकार कौरव खत्रीको संचालनम सम्पन्न भएको थियो।

Author
कौरव खत्री बडिगाड अनलाइनका वरिष्ठ संवाददाता हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित