बुर्तिबाङमा नयाँ प्रहरी प्रमुख वन्त

बुर्तिबाङमा नयाँ प्रहरी प्रमुख वन्त

Badigad Online
1 Min Read

बुर्तिबाङ: ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा प्रमुख प्रहरी उपरिक्षकका रुपमा जयराम वन्त आएका छन्। केन्द्रीय अनुसन्धान व्युरो काठमान्डौबाट सरुवा भई बुर्तिबाङमा आएका हुन्। प्रहरी उपरिक्ष प्रकाशसिंह भण्डारीको सरुवापछि वन्त बुर्तिबाङमा आएका हुन्।

शनिबार ईलाका प्रहरी कार्यलयमा, जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न संघ सस्थासँग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेका छन्। कार्यक्रममा वन्तले पश्चिम बागलुङको शान्ति, सुुरक्षा र अपराध नियन्त्रणमा आफूले सकेको भूमिका खेल्ने बताए। उनले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न सबैको सहयोग चाहिने बताए।

यो पनि हेर्नुहोस्: गुल्मीमा आगलागीमा परी ९ वर्षिया बालिकाको मृ’त्यु

कार्यक्रममा सहभागिहरुले नव आगन्तुक प्रहरी उपरीक्षक वन्तलाई शुभकामना दिँदै प्रहरीसँगै हाते मालो गर्ने भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

साभार: बाग्लुङ पोष्ट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित