बागलुङका १० विद्यार्थीमा कोरोना, विद्यालय १० दिनको लागि बन्द

बागलुङका १० विद्यार्थीमा कोरोना, विद्यालय १० दिनको लागि बन्द

Badigad Online
1 Min Read

– डम्मर बुढा मगर

बागलुङ: बागलुङ बजारको एक विद्यालयका ८ जना विद्यार्थीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिकाको एक विद्यालयका ८ जना छात्रामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो।

एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको खनालले बताउनुभयो। संक्रमित मध्ये ६ जना होस्टेलको आइसोलेसन र २ जना होम आइसोलेसनमा रहेको प्रमुख खनालले बताउनुभयो।

यो पनि हेर्नुहोस्: राष्ट्रपति रनिङ्ग शिल्ड: बडिगाडमा तेस्रो पटककाे विजेता पनि त्रिभुवन

२ जना विद्यार्थीहरुलाई कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका ६ जना विद्यार्थीहरुको पनि स्वाब परिक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको उहाँको भनाई छ। विद्यालयका ८ जना विद्यार्थीहरुलाई संक्रमण देखिएपछि उक्त विद्यालय १० दिनको लागि बन्द गरिएको खनालले बताउनुभयो।

साभार: रेडियो सारथी

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित