– भुवन काफ्ले
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ र ९ स्थित सालिमे स्मार्ट कृषि गाँउ मौरी पकेट कृषक समुह बिहिबार एक औपचारिक कार्यक्रमका बिच २५० आधुनिक घार वितरण गरेको छ।
लुम्बिनी प्रदेश संसद माननीय खड्क बहादुर केसीको प्रमुख आथित्यता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल, कृषिज्ञान केन्द्र प्रमुख कोमन साही, मुनापा वडा न ८ का अध्यक्ष नारायाण सापकोटा, मुनापा वडा न ९ का अध्यक्ष नारेश राज खरेल लगायतको उपस्थिति रहेको थियो।
उक्त क्रायाक्रमा मुसिकोट वडा न ८ र ९ का ५० कृषकहरुलाई प्रति कृषक ५ घारका दरले २५० आधुनक घार बितरण गरिएको समहका सदस्य हरि चालिसे जानकारी दिनुभयो।
यो पनि: महेन्द्र आदर्श नमुना मा.वि.को कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनेमा ‘छात्रा’हरु मात्रै
लुम्बिनी प्रदेश सरकारको ८० प्रतिसात अनुदान र २० प्रतिसत समुहको लगानीमा कृषकहरुलाई आदुनिका घार वितरण गरिएको हो।
यसै कार्यक्रमका बीच मौरीका लागि आवस्य आहार, मौरीको सुरक्षा लागायत मौरी पालन गरि सफल र सबल कृषक बन्नका लागि आवस्यक बिभिन्न बिषयमा छलफल गरिएको थियो ।
समुहका सदस्य खड्क बहादुर खत्रीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमा समुहका अध्यक्ष चुमान बहादुर घर्तीको अध्यक्षता र समुहका सदस्य हरि चालिसेको संचालनमा समपन्न भएको थियो।