– तिलाचन पाण्डे
गुल्मी: गुल्मीमा दुई हजार हेक्टर बढी क्षेत्रफलको जङ्गल डढेलो कारण नष्ट भएको छ।
जिल्लाका विभिन्न सामुदायिक वनहरुमा लागेको डढेलोका कारण करिब दुई हजार हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए। उनका अनुसार मदाने क्षेत्रको जंगल, मुसिकोट, रेसुङगा, धुर्कोट, इश्मा, कालीगण्डकी क्षेत्रका जंगलहरुमा डढेलो लागेको हो। प्राय डढेलो व्यक्तिको खरबारीमा लगाएका आगो जंगल क्षेत्रमा प्रबेश गर्ने गरेको छ।
डढेलोलाई नियन्त्रण गर्नका लागि स्थानीय , कार्यालयका कर्मचारीहरु, जिल्लाका सुरक्षा निकायहरु लागि पर्ने गरेको सापकोटाको भनाई छ।
वन डढेलो र आगलागी हुन नदिनका लागि डिभिजन बन कार्यालय गुल्मीले प्रचार प्रसार र सन्देशमुलक जानकारीहरु गराउँदै आएको कार्यालयले जनाएको छ। स्थानीय रेडियो, पत्रपत्रिका, टेलिभिजनहरु मार्फत वन डढेलो र यसका असर बारेमा सन्देशमुलक सूचनाहरु प्रकासन र प्रशारण गर्दै आएको कार्यालयले जनाएको छ।
आगो निभाउने क्रममा ११ जनाको मृत्यु
२०६६ साल बैशाख १२ गते हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साबिकको वडा नं ३ का ५ जनाको घटना स्थलमा नै ज्यान गयो। यसरी ज्यान जानेहरुमा रामलाल घिमिरे, अमर बहादुर कंवर, देवकली खत्री, सीता कुंवर, धनकली खत्री रहेका छन्।
यस्तै साबिकको बडागाउँ गाबिसको तिलेहार सामुदायिक बनमा २०६६ साल बैशाख ५ गते आगो निभाउने क्रममा घाईते भई उपचारको क्रममा बैशाख १० गते बडागाउँ ८का गोपाल सुनारको ज्यान गयो । २०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा मलायगिरी गाबिस वडा नं १ का कमल खड्काको किर्तिपुर अस्पतालमा उपचारको क्रममा २०७३ साल बैशाख ११ गते ज्यान गयो।
यस्तै २०७३ साल बैशाख १७ गते दोहोली गाबिस जलुकी खोला बनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरु¬ङको घटना स्थलमै ज्यान गयो भने सोही आगो निभाउने क्रममा गम्भिर घाईते भएका वडा नं ६ कालोक बहादुर गुरुङको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा ज्यान गयो।
यस्तै २०७३ साल बैशाख १८ गते वडागाउँ गाबिस वडा नं १ को कर्लाम सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको छ । यस्तै यहि चैत २० गते घरबाट नुहाउन भनी हिँडेकी धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लाकी ९ बर्षकी बालिका संगिता कुँवरको स्थानीय धाराखोली बले सल्लाघारी सामुदायिक बनमा लागेको डढेलोका कारण ज्यान गएको छ।
उनीहरुको आश्रीत परिवारलाई सामान्य राहत प्रदान भएपनि उनीहरुले नेपाल सरकारको तर्फबाट बिशेष राहत भने पाउँन सकेका छैनन्।
डिभिजन बन कार्यालय गुल्मीले सबै अभिलेख बिभागमा पठाएको बताउँदै आएको छ।
साभार: खबर मार्केट