उपचारकै क्रममा मृत्यु भएका परियारका आफन्तलाई थानापति दाँग जापान सम्पर्क समितिको सहयोग

उपचारकै क्रममा मृत्यु भएका परियारका आफन्तलाई थानापति दाँग जापान सम्पर्क समितिको सहयोग

Badigad Online
2 Min Read

बागलुङ: केही समय अगाडी उपचारका क्रममा मृत्यु भएका बाग्लुङ बडिगाड गाउँपालिकाकाका यम बहादुर परियारका आफन्तलाई थानापति दाँग जापान सम्पर्क समितिले सहयोग गरेको छ।

आर्थिक अभावका कारण लामो समय देखि उपचार नपाई शरिरको सबै भाग कुहिएको अवस्थामा रहेका परियारलाई स्थानीय सघं सस्था र मिडियाकर्मीको पहलमा काठमाण्डौ उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो।

उनको उपचारका लागि भनेर दाँग जापान सम्पर्क समितिले जापानमा सहयोग सकंलन अभियान थालेको थियो। तर परियारको उपचारकै क्रममा मृत्यु भएपछि उनको उपचारका लागि भनेर सकंलन गरिएको रकम उनका आफन्त र परिवारलाई हस्तान्तरण गरिएको सम्पर्क समितिले जनाएको छ।

चेतन घिमिरेको पहलमा बडिगाड गाउँपालिका वडा नं ५ दाँग स्थायी घर भई  हाल रोजगारीका लागि जापानको विभिन्न ठाउँमा रहेका १३ जना सदस्यहरुद्धारा सकंलित २ लाख ४ हजार ९ सय ७८ रुपैयाँ जनप्रतिनिधि र पत्रकारको रोहवरमा परियारको परिवारलाई हस्तान्तरण गरेको हो।

यो पनि हेर्नुहोस्: २०७८ सालको शुभकामना सहित वार्षिक राशिफल

यम बहादुरको पारिवारिक अवस्था समेत एकदमै न्युन रहेको खबर बडिगाड अनलाईनले प्रकाशन गरेको थियो । उपचारका लागि संकलित सहयोग रकम परिवारको उत्थानका लागि बडिगाड अनलाईनका सञ्चालक जीवन पाण्डे र बडिगाड गाउँपालिकाका जनप्रतिनिधिहरुको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको समितिका कोषाध्यक्ष चेतन घिमिरेले जानकारी दिनुभयो।

सम्पर्क समितिले सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद व्यक्त गरेको छ । साथै सहयोग रकम सम्बन्धित ठाउँमा मात्रै सहयोग गर्न समेत आग्रह गरेको छ।

प्रदेशमा रहेर स्वदेशका विभिन्न विपत र विपत्तिमा सहयोग गर्दै आएको संस्थाले दिनदुखी,आर्थिक अभावमा उपचार नपाएका,गरिबीमा परेका लगायतलाई सहयोग गर्दै आएको छ। समितिले जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि समेत २१हजार ६ सय ९३ रुपैयाँ सहयोग गरेको कोषाध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित