मुसिकोट यूनेस्को केन्द्रद्वारा वामीमा विशेषज्ञ स्वास्थ्य शिविर हुँदै, औषधी पनि निःशुल्क

मुसिकोट यूनेस्को केन्द्रद्वारा वामीमा विशेषज्ञ स्वास्थ्य शिविर हुँदै, औषधी पनि निःशुल्क

Badigad Online
1 Min Read

– अनिश शर्मा गैरे

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ।

मुसिकोट यूनेस्को केन्द्रले यही बैशाख १८ गते नेपालकै चर्चित विशेषज्ञ चिकित्सकको उपस्थितीमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। मुसिकोट नगरपालिका भित्र बस्ने बिरामीहरुलाई लाभ पुग्नेगरी हाडजोर्नी, बाथ तथा स्नायु रोगको स्वास्थ्य शिविर राखिएको केन्द्रका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो।

यो पनि हेर्नुहोस्: २०७८ सालको शुभकामना सहित वार्षिक राशिफल

उहाँका अनुसार उक्त शिविरमा विशेषज्ञ डा. अरुण कुमार गुप्तासहितको टोली उपस्थित हुनेछ। सो शिविरको लागि र्युम्याटिक ट्रिटमेन्ट सेन्टर काठमाडौँ र काठमाडौँ हेल्थ केयर बुटवलको प्राविधिक सहयोग रहने भएको छ। भने अन्य विभिन्न दातृ निकायहरुले पनि आर्थिक सहयोग गर्ने बताइएको छ।

वामीटक्सारमा हुने उक्त शिविरमा अधिकतम विरामीहरुलाई स्वास्थय लाभ लिन पाउने गरी सबैलाई प्रचारप्रसार गर्न पनि आग्रह गरिएको छ। त्यस्तै उपचारसँगै औषधि पनि निशुल्क उपलब्ध गराइने अध्यक्ष घिमिरेले बताउनुभयो।

Author
अनिश शर्मा गैरे बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित