– गोविन्द कंडेल
गुल्मी: मुसिकोट नगरपालिका गुल्मीमा चैत्र २८ गते देखी सुरू भएको स्थानीय तह संस्थागत क्षमता स्व-मुल्यांकन कार्यशाला आज सम्पन्न भएको छ।
मुसिकोट नगरपालिका गुल्मीको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको हो।
स्थानिय तहमा आवधिक समिक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको विचमा तुलनायोग्य सूचकहरु तयार गरी, प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानिय तहलाई सक्षम र प्रभावकारी वनाउने उद्येश्यका साथ स्व-मुल्यांकन कार्यशाला गरिएको बताइएको छ।
चार दिन सम्म सञ्चालित कार्यशाला गोष्ठीमा गुल्मी जिल्लाका जिल्ला समन्वय अधिकारी विजय कुमार कार्की र स्वतन्त्र विज्ञ तुल्सीराम न्यौपानेले सहजिकरण गर्नु भएको थियो।
अभिमुखिकरण तथा स्व-मुल्यांकन कार्यशालामा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, ९ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुख लगायत कार्यपालिका कार्यालय सँग सम्वन्धित सम्पुर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।
संस्थागत क्षमता स्व-मुल्यांकनको अन्तिम नतिजा नगरपालिकाले छिट्टै सार्वजनिक गर्ने मुसिकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले सेरोफेरो नेपाललाइ जनाकारी दिनु भयो। नगरपालिकाको स्व-मुल्यांकनमा कति प्रतिशत अंक प्राप्त गरेको छ भन्ने हाम्रो प्रश्नमा उहाँले कार्यपालिकाले अनुमोदन र थप आवश्यक प्रक्रिया पुरा गरेपछी मात्र अन्तिम नतिजा सार्वजनिक गर्न मिल्ने र प्रारम्भिक नतिजामा मुसिकोट नगरपालिका उत्कृष्ट नै रहेको वताउनु भयो।
चैत्र २८ गते उद्घाटन गरिएको कार्यशाला गोष्ठीको आज एक अॏपचारिक कार्यक्रम गरी समापन गरिएको हो।
यो पनि हेर्नुहोस्: २०७८ सालको शुभकामना सहित वार्षिक राशिफल
समापन सत्रमा वोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले संविधान निर्माण पछी नयाँ वनेको नगरपालिकाले उल्लेख्य प्रगती गरी रहेको , स्व-मुल्यांकनको प्रारम्भिक नतिजा राम्रो रहेको वताउँदै यहाँ सम्मको यात्रामा अनवरत रूपमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने जन प्रतिनिधी एवं राष्ट्र सेवक कर्मचारी प्रती विशेष आभार प्रकट गर्नु भयो ।
समापन सत्रमा उपप्रमुख कमला शर्मा, जिल्ला समन्वय अधिकारी विजय कुमार कार्की, स्वतन्त्र विज्ञ तुल्सीराम न्यॏपानेले मन्तव्य राख्नु भएको थियो।
समापन कार्यक्रम मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको थियो।
गोविन्द कंडेल बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।