रुरु जलविद्युतको आईपीओ खुल्यो

रुरु जलविद्युतको आईपीओ खुल्यो

Badigad Online
1 Min Read

गुल्मी: रुरु जलुविद्युत आयोजनाको आइपीओ आजदेखि बिक्री खुला भएको छ। कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो।

यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ। बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन। कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा आइपीओ पुरै बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला हुनेछ।

यो पनि हेर्नुहोस्: गुल्मीमा टेम्पो दुर्घटना: एकको मृत्यु, चारको अवस्था गम्भिर

रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। आवदेन दिएका सबैले यसको आइपिओ हात पार्ने देखिदैन। किनभने १० कित्ताका दरले वित्तरण गर्दा पनि ३७ हजार ९ सय १६ जनालाई पुग्छ । यसकारण रुरुको आइपिओ पाउन भाग्यकै भर पर्नुपर्ने छ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ। इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित