– पूर्णभद्र निउरे
बागलुङ: बिहिबार साँझ चट्याङ लागेर बागलुङको ताराखोलामा एक जना को ज्यान गएको छ। ताराखोला गाउँपालिका वडा नम्बर २ सिलेका सले निवासी ४५ बर्षिय खिमानन्द कँडेलको मृत्यु भएको हो।
साँझ ७ बजे साझ आफ्नै गोठमा श्रीमतीले भैंसी दुहुदै गर्दा लाइट बालिरेका कँडेल एक्कासी चट्याङ लागेर ढलेको पारिवारिक स्थानीय भिम बहादुर घर्तीले जानकारी दिए । कँडेललाई तत्कालै उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा पुर्याइएको थियो।
राती नै अस्पतालमा पुर्याउदा कँडेललाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक लक्ष्मण न्यौपानेले जानकारीले दिए।
घटनाको बारेमा थप अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ। आज पनि मुलुकका विभिन्न भागमा चटङ्या सहित वर्ष हुने बताइएको छ।
Badigad Online