काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएकामा ८ हजार ७ सय ७७ र एन्टिजेन परीक्षण गरिएकामा ७३ गरी कुल ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै कुल संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आजै ४ हजार २२ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जनकारी प्राप्त भएको छ । हालसम्म नेपालमा ३ लाख २ हजार ७ सय ८७ जना संक्रमितहरु निको भएका छन्। यो सँगै निको हुने दर ७६.४ प्रतिशत पुगेको छ।
हालसम्म ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित आइसोलेशनमा छन् । त्यसैगरि ३ सय ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयबाट जानकारी प्राप्त भएको छ ।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १८ हजार ७ सय ८७ जना र एन्टीजेन विधिबाट ५ सय ६ गरी कुल १९ हजार २ सय ९३ जनाको काेराेना परीक्षण गरिएको थियो। यो सँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या २६ लाख १५ हजार ७ सय २० जना पुगेको छ।
गत २४ घण्टामा ५५ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ भने विभिन्न संस्थाबाट प्राप्त मृतककाे संख्या २६ गरी कुल ८८ जना पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ३ हजार ७ सय २० जना पुगेकाे छ। हिजाे ५३ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे थियाे ।