सोलुखुम्बु
सोलुखुम्बुमा आज राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएकाे छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर बढेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आज रातिदेखि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको शुक्रवार बसेको बैठकले आइतवार राति १२ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा हुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनु भएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बताएका छ्न ।
निषेधाज्ञामा अति आवश्यकबाहेक अन्य काम गर्न पाइने छैन । निषेधाज्ञा पालना नगरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी शाहीले जनकारी दिनुभएको छ ।
Badigad Online